0 COMMENTS

 रमिला बस्नेत,उदयपुर ,चैत्र ५/ चाैँदण्डिगडि नगरपालिका वडा न.२ सुगारेमा हेपाटाइटिस B काे सङक्रमण देखिए पछि स्वास्थय परिक्षण सुरु गरिएको छ । केही समय अगाडि २ जनाकाे मूत्यु भइसकेकोले एक दिने स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको वडा न.२ का वडाध्यक्ष सन्तोष सुवेदीले बताएका छन्।

उक्त शिविर शहरी स्वास्थ्य केन्द्र माडिवासकाे अायाेजनामा चाैँदण्डिगडि नगरपालिका र स्वास्थ्य केन्द्र बेल्टारकाे समन्वयमा सञ्चालन गरिएको हाे । उक्त एकदिने शिविरमा हेपाटाइटिस B सम्बन्धि जानकारी ,यसबाट बच्ने उपायहरू र भइसकेको सङ्क्रमणलाइ कसरि सुरक्षित गर्ने भन्ने काउन्सिलको बाटो र सुगारे बस्तीमा प्रत्येक जना मानिसकाे रगत परिक्षण गर्न सम्बन्धित प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारका Mbbs डाक्टर सन्ताेष राई र शहरी स्वास्थ्य केन्द्र माडिबासका अ.हे.ब हरुकाे सहजिकरणमा उक्त एकदिने शिविर संचालन भएको थियोे । हेपाटाइटिस B सम्बन्धि जानकारी ,यसबाट बच्ने उपायहरू र भइसकेको सङ्क्रमणलाइ कसरि सुरक्षित गर्ने भन्ने काउन्सिलको बाटो र सुगारे बस्तीमा प्रत्येक जना मानिसकाे रगत परिक्षण गर्न सम्बन्धित प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारका Mbbs डाक्टर सन्ताेष राई र शहरी स्वास्थ्य केन्द्र माडिबासका अ.ये.ब हरुले सहजिकरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।