0 COMMENTS

काठमाडौं ५चैत०७४/ कानुन मन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने बताएका छन् । मन्त्री तामाङले आवश्यक परे कानुन परिवर्तन गरेर भए पनि न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक गरिने बताए।

अहिलेसम्म न्यायाधीशहरुको सम्पत्ति विवरण सार्वजनिक हुने गरेको छैन। न्यायालयमा विवाद आएसँगै न्यायाधीशहरुको सम्पत्ति विवरण पनि सार्वजनिक हुनुपर्ने चौतर्फी दबाब आएको छ।

यसैगरी, मन्त्री तामाङले न्यायालयभित्र देखिएको विवादका विषयलाई कानुन मन्त्रालयले समंवय गरेर समाधान गर्ने बताएका छन्।

मन्त्री तातामाङले १५ दिनभित्रमा आफूलाई आवश्यक कानुन तयार पारेर ल्याउन अन्य मन्त्रालयहरुलाई निर्देशन समेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।