0 COMMENTS
पुर्खाले अर्जेको ,
मैले भोगेको ,
तिमिले चिनेको ,
अनि ,
हाम्रा सन्तानले देखेको देश ,
सपनाको मेरो देश हुदै होइन ।
 
मेरो सपनाको देशमा ,
मेरो दाज्युको पसिना ,
अरबको मरुभूमिमा रोएर ,
अब कहिल्यै मुर्छा पर्दैन ।
मेरो भाइको भाग्य ,
मलेसियाइ गर्मीको चितामा जलेर ,
मरेको समाचार ,
मेरो सपनाको देशका अखबारले ,
कहिल्यै छाप्ने काम गर्दैन ।
किन भने ,
मेरो सपनाको देशका आफन्तहरुले ,
जीबन ज्युने युद्धमा ,
प्रवासको यातना ,
अब उप्रान्त कसैले भोग्नै पर्दैन ।
 
चेलीबेटी बबेचिएर ,
बिदेशी कोठीमा रोएको पिडाले ,
लज्जित मेरो स्वाभिमानको कथा ,
पराइको सन्चार सेटले ,
अतिरन्जीत गर्दै ,
मेरो सपनाको देशले सुन्ने र देख्ने गरी ,
फलाक्न अब पाउने छैनन ।
किन भने ,
मेरो सपनाको देशमा निर्मित ,
अवसरका सुन्दर फुलबारीमा रमाउन छोडेर ,
हाम्रा छोरीचेली हरु ,
अब उप्रान्त ,
बिदेशी कोठीतिर ,
झुक्किएर धाउने छैनन ।
बर्तमानमा भोगे जस्तो ,
जिबनको मरुभुमिमा ,
भाग्यलाइ सराप्दै ,
मेरो सपनाको देशमा उनिहरुले ,
बिरही गीत गाउने छैनन् ।
 
अर्ध चेतनामा लठ्ठिएर ,
चीर निद्रामा मस्त निदाएको ,
मेरो देशभन्दा फरक ,
सपनाको मेरो देश ,
अर्ध निद्रामानै रमाउछ ।
पुर्खाले छोडेको छरपस्ट वैभव बटुल्न ,
जागरिलो सपनाको मेरो देश ,
अल्छी नगरी समयलाइ समाउछ ।
हेर्दै जाउ तिमि बिस्तारै ,
मलाइ हास्न पुग्ने खुसी ,
कसै संग नमागी ,
अब उ एक्लै कमाउछ ।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।