नचिनेको नया बर्ष–डा.सुरेन्द्र सिटाैला

मेरा बाबु आमाले ,
नचिनेको नया बर्ष ,
शिशीर ऋतुमै ,
कता बाट टुप्लुक्क ,
मलाइ हेलो भन्दै आएछ ।
उसको आगमनमा ,
म चुपचाप बसेको देखेर ,
मेरा छोराछोरी संग ,
अभिन्न मित्रता लाएछ ।
अनि ,
मैले नबुझ्ने बोलिमा ,
ह्यप्पी न्यु इयर भन्दै ,
डिस्को र बार तिर ,
मेरा छोराछोरी संगै मिलेर ,
नया बर्षको सम्मानमा ,
अनौठो झाक्री गीत गाएछ ।
मैले पनि नचिनेको नया बर्ष ,
कता बाट टुप्लुक्क ,
मेरै घर आगनमा आएछ ।

गुराँसको फुल उपहार लिएर ,
मलाइ भेट्न आउने ,
मेरो नया बर्षले समेत ,
धोका दिदा दिदा ,
बिछिप्त मेरो मनलाइ ,
नचिनेको नया बर्षले ,
कठ्याङ्रीदो पुषे जाडोमा ,
निक्कै तताउन खोज्दैछ ।
मलाइ थाहा भै सक्यो ,
ठुलो ठुलो स्वरमा ,
मेरि कृसमास भन्दै ,
मैले नचिनेको नया बर्ष ,
रातो पहिरनमा सेतै फुलेको बुढालाइ ,
सानो झोलामा ,
बोकाएर ल्याएको बस्तु ,
“कृसमस गिफ्ट” भनेर ,
मलाइ खुवाउन खोज्दैछ ।
साच्चै भन्नु पर्दा,
मलाइ कता कता लाग्छ ,
नचिनेको नया बर्ष ,
मलाइ नै फसाउने बहाना रोज्दैछ ।

मैले चिनेको नया बर्षले ,
मलाइ नौलो उपहार ,
केहि नदिए पनि ,
उ बशन्तलाइ सगै लिएर आउथ्यो ।
उसको आगमनको खुसियालीमा ,
धर्तीको सुमधुर गीत ,
कोयलीले मन्त्रमुग्ध भएर ,
सबैलाइ सुनाउने गर्थ्यो ।
प्रकृतीलाइ हरियाली गहनामा सजाएर ,
प्रत्यक बर्ष बैशाख १ गते ,
नचिनेको नया बर्ष भन्दा फरक ,
घामको झुल्को सगै मुस्कुराउदै ,
बिना ताम झाम ,
मेरा बा आमा र मैले चिनेको नया बर्ष ,
मलाइ सुटुक्क आएर भेट्ने गर्थ्यो ।