0 COMMENTS

 काठमाडौ१२पुस०७४/ सोलुखुम्बुबाट काठमाडौ बसाइ सरेकी अप्सरा राई नेपाली रजतपटमा आउन लागेकी प्रतिभा हुन् । सुरुवातमै निर्माणाधिन चलचित्र सुर्यास्त मार्फत डेब्यु गरेकी अप्सरा अहिले अभिनय र नृत्य को प्रशिक्षण लीइरहेकी छिन् ।

काठमाडौको मैतिदेवीमा बस्दै आएकी उनी केहि समय पछि नेपाली चलचित्रमा नायिकाका रुपमा उदाउने भएकी छिन् । नेपाली रजतपटमा उडान भर्न लागेकी यी नव नायिकाको अभिनय रहेको चलचित्र हाल पोष्ट प्रोडक्सनका लागि तयार रहेको छ ।

सो चलचित्रमा अभिनयको डेब्यु गरे पनि अन्य चलचित्रमा अभिनयका लागि पनि अफर आउन थालेको उनी बताउछिन् । अन्जु पन्त र शिब परियारका गीतमा मोडल बनिसकेको अप्सरा अंग प्रर्दशनका मामलामा पनि उदार छिन् । समाजमा पच्ने जति देखाउन कुनै आपत्ती नरहेको उनि बताउछिन् । परिवारले कला क्षेत्रमा लाग्दा साथ दिएको बताउने उनी पहिला क्यरियर अनि प्रेम र बिबाह भन्छिन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।