0 COMMENTS

भरतपुर०६पुस०७४/ रोगका कारण चितवनमा यस वर्ष सुन्तलाको उत्पादन घटेको छ । बोटको टुप्पो सुक्दै गएर मर्ने यो रोगका कारण जिल्लामा यो वर्ष झण्डै २० प्रतिशतले सुन्तला उत्पादन घटेको हो ।

बोटको टुप्पो सुकेर मर्दै जाने यो रोग लागिसकेपछि नियन्त्रण गर्न गाह्रो हुने जिल्ला कृषि विकास कार्यालय चितवनका बागवानी विकास अधिकृत धनबहादुर थापाले बताउनुभयो । यसलाई कृषि प्राविधिकहरू सुन्तलामा लाग्ने ‘क्यान्सर’ रोग भनेर पनि टिप्पणी गर्छन् ।

यो रोगकै कारण अहिले चितवन र यस आसपासका क्षेत्रमै सुन्तला उत्पादनमा प्रभाव परिरहेको छ । बोट नै मर्ने समस्यासँगै अहिले किसानहरुमा सुन्तलाको बोटमा लाग्ने पतेरा तथा कीराफट्याङ्ग्राको समस्या पनि छ । यसले फल लाग्ने बेलामै पनि झार्ने समस्या पारिरहेको छ । गोरखापत्र

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।