0 COMMENTS

 ओठको छाला सुकोमल हुन्छ तर चिसो हावाको सम्पर्कमा आएर ओठ फुट्छ । यसको नरमपन कायम राख्न निम्न उपाय अपनाउन सकिन्छ ।

– घिउलाई हल्का गरम गरी ओठमा प्रयोग गर्न सकिन्छ ।

– राति सुत्नुपूर्व ओठमा नियमित दूधको क्रिम प्रयोग गर्नु राम्रो हुन्छ ।

– एक चिया चम्चा स्ट्रबेरीको जुसमा दुई चिया चम्चा पेट्रोलियम जेली मिसाएर त्यसलाई लिपबामका रूपमा प्रयोग गर्नुपर्छ ।

– सातामा एकपटक कोल्ड क्रिममा थोरै मात्रामा सख्खर मिसाएर ओठमा स्क्रव गर्नु लाभदायक हुन्छ ।

– एक चिया चम्चा गुलाबजलमा ३–४ थोपा ग्लिसरिन मिसाएर त्यसलाई दिनहुँ ३–४ पटक ओठमा प्रयोग गर्दा पनि ओठ फुट्दैन ।

– आधा चिया चम्चा पिसेको सख्खरमा ओलिभ आयल मिसाई त्यसलाई औंला वा कटन बलबाट ओठमा प्रयोग गरी हल्का मालिस गर्ने । यसबाट ओठको फुटेको छालाको पत्र हट्छ । त्यसपछि भिजेको कपडाले पुछेर लिपबाम प्रयोग गर्ने । यसबाट ओठ नरम एवं कोमल हुन्छ ।

– टुथपेस्ट लगाएजस्तै टुथब्रसमा पेट्रोलियम जेली राखेर रातभरि छोड्ने । बिहान पेट्रोलियम जेली भएको टुथब्रसले विस्तारै ओठ मालिस गर्ने । यसबाट फुटेको ओठको पाप्रा पूर्णरूपमा हट्छ ।

– आधा चिया चम्चा बेकिङ सोडामा थोरै पानी मिसाएर पेस्ट बनाउने । टुथब्रसमा तयार पेस्टलाई राखेर हल्का हातले ओठ मालिस गर्ने । अन्तमा लिपबामले ओठको मोइस्चराइज गर्ने ।

– एक चिया चम्चा मह तथा आधा चिया चम्चा सख्खरलाई राम्रोसँग मिसाउने । तयार पेस्टमा औंला वा ब्रस प्रयोग गरी ओठमा लगाउने अनि सुकेपछि मनतातो पानीले ओठ धुने ।

– एक चिया चम्चा गुलाबजलमा ३–४ थोपा ग्लिसरिन हालेर राम्रोसँग मिसाउने । यो पेस्टलाई दिनहुँ ३–४ पटक ओठमा प्रयोग गर्ने । लगातार प्रयोग गर्दा फुटेको ओठ नरम हुन्छ । साभार नारी,

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।