0 COMMENTS

स्वदेशमा राेजगारिकाे अवसर नपायर झन्डै ५० लाख उर्जावान युवायुवती देश बाहिर छन् दैनिक १५ सयकाे हाराहारीमा बाहिरिने क्रम राेकियकाे छ‌ैन देशभित्र केटाकेटी , बृद्ध बा अामा अशक्त श्रम गर्न नसक्ने जनसंख्या धेरै छ श्रमकाे अभावमा कृषि याेग्य जमिन बाँझो हुदै गयकाे छ ।

देशभित्रका उद्योग धन्दा कलकारखाना काेहि नियतबस बन्द भय भने बाँकी रहेका पनि श्रमिकको अभाबमा बन्द हुदै गयका छन् । कृषि छेत्रमा अाधुनिकिकरण र ब्याबशाहिकरण गरेर सम्पूर्ण कृषि उत्पादन स्वदेशमै उत्पादन गर्न सके बिदेशिने रकम काे बचत गर्न सकिन्छ । ऐले तिनै ५० लाख युवाहरुले पसिना बगायर पठाएको रेमिटान्स बाट देशकाे अर्थतन्त्र धानेकाे छ ।

त्यै पैसाले सम्पूर्ण सामान बिदेश बाट किनेर गुजारा चलेको छ तर याे सधै चल्दैन अब तत्कालै सरकारले बिदेश जाने नेपाली युवाहरु लाई राेक्ने र बिदेशमा रहेका युवाहरु फर्काउन सुरुवात नगरे देशमा झन् बिकराल स्थिति सृजना हुने पक्का छ ।

सम्पूर्ण राजनीतिक दलका घाेषणापत्र र भाषणमा अब बिदेशियका ५० लाख युवाहरुलाई स्वदेश फर्कायर स्वदेशमै राेजगारि काे सृजना गर्ने प्रतिबद्धता पनि गर्नुभयकाे छ अब त्याे भनाइमा हाेईन ब्याबहारमै उतार्नु अाबस्यक छ । श्रम गर्न सक्ने युवा युवती सम्पूर्ण बिदेश पलायन हुदा देशमा उत्पादन घटेकाे छ परनिर्भरता बढेको छ साथै पारिबारिक बिचलन पनि बढ्दै छ । अब बन्दभयका सम्पूर्ण राष्ट्रिय उद्योग धन्दाहरु पुन सुचारु हुनुपर्छ , मुलुक कृषिमा अात्मनिर्भर हुनुपर्छ , राष्ट्रिय गाैरबका अायाेजना देश अाफैले बनाउनुपर्छ , सुसासन कायम गर्न भ्रष्टाचारिलाई स्वर्बस्वहरण सहित अाजिबन जेल हाल्ने ब्याबस्था हुनुपर्छ , गाँस बाँस कपास शिक्षा स्वास्थ्य राेजगार प्रतेक नेपालीको माैलिक अधिकार स्थापित हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।