0 COMMENTS

 यौनलाई पनि मानव जीवनको अपरिहार्य कुराका रुपमा परिभाषित गर्ने गरिन्छ । यौन जीवन राम्रो भएमा मान्छे खुशी हुन सक्छ भन्ने विभिन्न अध्ययनहरुको ठहर छ । यौन सम्बन्ध केवल यौन सुख, भावनात्मक सामिप्यता तथा सफल दाम्पत्य जीवनका लागि मात्र आवश्यक छैन यसका अन्य विभिन्न खाले फाइदा पनि भएको चिकित्सकहरु बताउँछन् । यौन सम्पर्क गर्दा हुने फाईदाहरु यसप्रकार छन्–

मुटु रोगको समस्या कमकेही

वर्ष अगाडि गरिएको अध्ययनले मानिसको मुटुलाई स्वस्थ पार्न पनि यौनसम्पर्कको राम्रो प्रभाव हुने निश्कर्ष निकालेको छ । जो मानिस हप्तामा कम्तिमा २ पटक यौन सम्पर्क गर्छन् उनीहरुमा हृदयघातको जोखिम कम हुने शोधकर्ताहरुको दाबी छ ।

महिनावारीलाई सन्तुलन

गर्छमहिलाहरुको महिनावारीमा आउने अनियमितता तथा गडबडीलाई सन्तुलनमा ल्याउन समेत नियमित यौनसम्पर्क महत्वपूर्ण हुने सोधकर्ताहरुको भनाई छ । त्यसैले महिनावारीको बेला तल्लो पेट दुख्ने र महिनावारी गडबड हुनेलाई विवाहपश्चात त्यो समस्याले छोडेको हाम्रै समाजमा पनि उदाहरणहरु छन् । नियमित यौनसम्पर्कले शरीरमा हर्मोनको सन्तुलन गराउने भएकाले यसले महिनावारीको बेला हुने दुखाइ, ऐँठन तथा अन्य समस्या पनि कम गर्ने प्रमाणित भइसकेको छ । यसले खासगरी नितम्ब तथा कम्मरको मांशपेशीलाई मजबुत बनाउन सहयोग गर्छ ।
अनुहारमा चमकनियमित यौनसम्पर्क गर्ने महिलाहरुको सुन्दरता सम्भोग नगर्ने वा कम गर्ने महिलामा भन्दा बढी हुने सौन्दर्यकर्मीहरु बताउँछन् । सेक्स गरेको समयमा एस्ट्रोजोन हर्मोनको उत्पादन बढ्ने भएकाले यसले छाला तथा कपालको सुन्दरतामा वृद्धि गर्ने उनीहरु बताउँछन् ।

तनाबबाट मुक्ति

यौनसम्पर्कले मानिसलाई तनावबाट मुक्ति दिलाउँछ । सम्भोगका बेला एन्डोफिर्न हर्मोन उत्पादन हुन्छ । जसले मस्तिष्कलाई रिल्याक्स पार्छ र तनाव कम गराउने बैज्ञानिकहरु बताउँछन् ।

रोग प्रतिरोधी क्षमता बढाउँछ

 नियमित यौनसम्पर्क गर्नाले मानिसको शरीरको रोग प्रतिरोधी क्षमता बढाउने वैज्ञानिकहरुको ठहर छ । यसले विभिन्न खाले जिवाणुसँग लड्ने शरीरको क्षमतामा वृद्धि हुन्छ । नियमित यौनसम्पर्क गर्ने मानिसको शरीरमा रोग प्रतिरोधी कोषिका एन्टीबडीको उत्पादन बढी हुन्छ । जसकारण शरीरमा रोगको संक्रमण फैलिने खतरा कम हुने चिकित्सकहरु बताउँछन् ।

मिठो निद्रा लाग्छ

नियमित यौनसम्पर्कले निद्रामा सन्तुलन ल्याउने काम गर्छ । निद्रा कम लाग्ने मानिसहरुका लागि यौनसम्पर्क गर्नु अति राम्रो उपाय हो 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।