0 COMMENTS

richha-ghiक्यालिफोर्निया । हलिउड संसारका अधिकांश चलचित्रकर्मीहरुको अन्तिम सपना हो । थोरै भाग्यमानीहरुका मात्र त्यो सपना पूरा हुन्छन् । यस्तै तीनजना नेपाली अभिनेत्रीहरुको हलिउड सपना भने एकैपटक पूरा भएको छ । ती भाग्यशाली अभिनेत्रीहरु हुन्– ऋचा घिमिरे,नन्दिता केसी र केकी अधिकारी । उनीहरुको हलिउड सपना अमेरिकामा हालै सम्पन्न फेस्टिबल अफ ग्लोबमा महोत्सवले पूरा गरिदिएको हो ।

क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा भएको फेस्टिबल अफ ग्लोबमा नायिका तथा निर्मात्री ऋचा घिमिरेको चलचित्र तुलसी पनि प्रदर्शन गरिएको थियो । त्यसका लागि उनीहरुले हलिवुडको रेड कार्पेट अर्थात रातो गलैचामा हिड्ने मौका समेत पाएका थिए ।

३ दिन सम्म अहोरात्र महोत्सवमा ब्यस्त भई क्यालिफोर्नियाबाट बाल्टिमोर फर्किएकी ऋचाले भनिन– हलिवुडमा हुने यस्तो बिशाल कार्यक्रममा नेपाली कलाकार तथा नेपाली चलचित्रले सहभागी हुन् पाउनु नै गर्वको बिषय हो ।
आयोजकले तीनैजना अभिनेत्रीहरुलाई ५ तारे अतिथि गृहमा बसोबासको बन्दोबस्त समेत गरिदिएको थियो । यस्तै अत्यधिक विलासिताको गाडीमा लिमोजिनबाट ओहोर दोहोर समेत गराईएको थियो ।

कार्यक्रममा नेपाली चलचित्र तथा कलाकारलाई उक्त अवसर प्रदान गर्न अमेरिकामै रहँदै आएका प्रकाश थापाले निकै कसरत गरेका थिए । उनी कलाकार भीमवरसिंह थापाका छोरा हुन् ।

गत अगस्ट ७ देखी १६ सम्म भएको उक्त महोत्सव मा ३० देशका २५० वटा फिल्म प्रदर्शन गरिएको थियो भने महोत्सव मा हलिउडका तथा बलिउडका प्रख्यात कलाकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।