0 COMMENTS

१. ह्वाट्स एपको कूल प्रयोगकर्ता सङ्ख्या अघिल्लो सालको मार्चमा १ अर्व पुगेको छ जसलाई एन्ड्रोइड भर्जनमा काम गर्ने जम्मा ५ जना रहेका छन ।
२. ह्वाट्स एपका सह–संस्थापक द्वय जान कोउम र ब्रायन एक्टनलाई फेसबुक एवम् ट्विटरले लिएको इन्टरभ्यूबाट फ्याकिएका थिए । यस अघि याहुमा काम गरेका यी दुईले पछि ह्वाटस एपमा पूर्णकालिन संलग्नता जनाए ।
३. ह्वाट्स एपको प्रयोग फोटो र भिडियो कम्प्रेस गर्न सकिन्छ । जसका कारण ओरिजिनल फोटोले डिलिट गरि त्यसले ओघट्ने मेमोरी स्पेसलाई जोगाउन सकिन्छ ।
४. ह्वाट्स एपले ओपन मेसेजिङ्ग स्ट्याण्डर्डको कस्टमाइज्ड् भर्जनको प्रयोग गर्ने गर्दछ जसलाई कोलाबोरेसन एप्लिकेसन जाबरको लागि विकास गरिएको थियो । अहिले ह्वाट्स एपले जाबरका लागि बनाइएको सोहि आइडी प्रोटोकोलको प्रयोग गर्दछ जसमा यूजर एकाउन्टलाई <[phone number]@s.whatsapp.net> को रुपमा सेभ गर्ने गर्दछ ।

५. ह्वाट्स एपको आफ्नै वेब प्रोटोकोल समेत रहेको छ जसलाई प्रयोग गर्न आफ्नो ब्राउजरको एडरेस बारमा “whatsapp://send?text=HELLO” टाइप गर्नुपर्ने हुन्छ । यसले ह्वाट्स एप खुल्छ र तपाईलाई मेसेज पठाउन चाहनुभएको प्रयोगकर्तालाई सेलेक्ट गरेर मेसेज पठाउन सकिन्छ । माथी उल्लेखित लिङ्कमा रहेको HELLO लाई प्रयोगकर्ताले आफूले चाहे अनुसारको मेसेजले प्रतिस्थापन गरेर चाहेको मेसेज पठाउन सक्नेछन ।
६.तपाइले पठाएको मेसेज कतिखेर पढियो थाहा पाउनुहोस । यति मात्र होइन ह्वाट्स एपले मेसेज डेलिभर भएको समय र पढिएको समयको बताउछ , त्यसकालागि कुनै पनि मेसेजमा क्लिक गरेर त्यसको इन्फोमा ट्याप गर्नुपर्ने हुन्छ ।
७.टेक्सट फरम्याटिङ्ग– बोल्ड, इटालिक्स र स्ट्राइक–थ्रुको प्रयोग गरेर मल्टी–फरम्याटेड अनुभवका ह्वाट्स एपमा पाउन सम्भव भएको हो ।
८.ह्वाट्स एपले फेसबुक मेसेन्जर र स्काइपको जस्तो यूजरको डाटा स्टोर गर्दैन । ह्वाट्स एपको मेसेजहरुले सर्भर स्टोरेज प्रदान गर्दैन । आफ्नो मेसेजहरु स्टोर गर्न चाहेको खण्डमा प्रयोगकर्ताले गुगल ड्राइभ वा आइक्लाउडमा स्टोर गर्न सक्नेछन ।
९. ह्वाट्स एपले २५६ विट इन्ड–टु–इन्ड इन्क्रिप्सन प्रयोग गर्दछ । ओपन विस्पर सिस्टमको इन्क्रिप्सन प्रोटोकोल प्रयोग गरिएको भएकाले तपाईले पठाएको वा पाएको मेसेजहरु ह्याकरहरुबाट सुरक्षित रहेको छ जसले गर्दा तपाईको गोपनियता कसैलेपनि भंग गर्न सक्दैनन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।