0 COMMENTS

काठमाण्डाै९, मंसिर /व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने २५ साना दलले थ्रेसहोल्ड सम्बन्धि व्यवस्था नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । बिहीबार बिहान बालुवाटार पुगेर साना २५ दलले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले थ्रेसहोल्ड सम्बन्धि व्यवस्था नगर्न आग्रह गरेका हुन्।

उनीहरूले साना दलहरुलाई पनि ठूला दलहरु सरह सेवा सुविधाको व्यवस्थासहित संघीय पदाधिकारीहरुको पारिश्रमिक सम्बन्धि विद्येयकमा व्यवस्था गर्न माग पनि प्रधानमन्त्रीसँग राखेका छन्। साना दलको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले थ्रेसहोल्डका विषयमा अन्य दलहरुसँग पनि छलफल गर्ने बताएका थिए।

साना दलको प्रतिनिधिमण्डलले राजनीतिक दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७३ र सङ्घीय संसद्को पदाधिकारी एवम् सदस्यको सुविधा र पारिश्रमिक सम्बन्धमा बनेको विधेयक, २०७३ का विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थियो ।

समाजवादी जनता पार्टीका अध्यक्ष एवम् सांसद प्रेमबहादुर सिंहले कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको छलफलमा राज्य व्यवस्था समितिले आफूहरुलाई सहभागी नगराइएकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए। सिंहले संविधानमा समानुपातिक प्रणालीको व्यवस्था गरेको तर विधेयकमा संविधान विपरीत व्यवस्था गर्न लागिएको आरोप लगाए ।

सिंहले २०६४ र २०७० सालमा भएको निर्वाचनमा निर्वाचनको व्यवस्थाअनुसार नै हुनुपर्ने भन्दै आफूहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।