0 COMMENTS

xiphone-7आइफोन सेभने ले बजार लिन थालिसकेको छ। नेपालजस्ता मुलुकमा यो फोन पहिलो चरणमा आइ नै पुग्दैन। आयो भने पनि त्यो विदेशमा रहेका नेपाली मार्फत् भित्रिन्छ।

एप्पलले आइफोन सेभेन र आइफोन सेभेन प्लस तीब्र गतिमा काम गर्ने प्रोसेसर, सुधारिएको क्यामरा र ठूलो ब्याट्रीका कारण धेरैको चासोमा छ।
यो भर्सनका फोनले मिश्रित प्रतिक्रिया पाएको छ। त्यसैले किन्ने या नकिन्ने भन्ने दोधार सबैमा परेको हुनुपर्छ। यी दुवै सेटमा नयाँ शक्तिशाली फिचरहरु थपिएका छन्। यी दुई फोन किन किन्ने र किन नकिन्ने त?
नकिन्नुपर्ने ५ कारण
१ : आइफोन सेभेनको स्क्रिन पुरानै रेटिना एचडी डिस्प्लेमा आधारित छ जुन आइफोन सिक्स एस र आइफोन सिक्स एस प्लसमा थियो। यद्यपि एप्पलले दावी गरेको छ – पहिलेभन्दा कलर डिस्प्ले राम्रो भएको छ।

२ : एप्पलको दावी अनुसार आइफोन सेभेन र आइफोन सेभेन प्लसमा व्याट्री आयु बढी छ। जे भने पनि यो पहिलेभन्दा एक घन्टाभन्दा बढी टिक्नेखालको छैन।

३: एप्पलले ३.५ एमएम हेडफोन ज्याक आइफोन सेभेनबाट हटाउने हल्ला थियो। यसको मतलब उनीहरुले आफूसँग रहेको हेडफोन प्रयोग गर्न सक्दैन थिए। यसमा हेडफोन ज्याक छैन। तर यो फोनसँगै इयरपड्स पनि समावेश गरिएको छ जसमा लाइट्निङ कनेक्टर्स र एडप्टर पनि समेटिएका छन्। यसले झन्झट लाग्न सक्छ तपाईँलाई।

४: त्यसो त एप्पलले कहिल्यै पनि र्‍याम कति भनेर खुलाउँदैन। तर फर्ब्समा प्रकाशित भएअनुसार आइफोन सेभेनमा २ जीबी र्‍याम छ। यदि यसो हो भने यसको क्षमता बढेको मान्न सकिन्न किनकि आइफोन सिक्स एसमा पनि २ जीबी नै र्‍याम छ।

५: जेट ब्ल्याक कलर र ऐना झै लाग्ने फिनिसिङ हेर्दा राम्रो छ। तर यसले बढी खर्च गराउँछ। किनकि यो भर्सन लिन १२८ जीबी र २५६ जीबी स्टोरेज भएकै मोडल लिनुपर्छ। ३२ जीबी मोडलमा यो कलर छैन।
 
किन्नुपर्ने ५ कारण
१: सबै खाले आइफोन सेभेनले क्षमताको दोब्बर स्टोर क्यापासिटी दिएको छ। यसले तपाईको धेरै डेटा जोगाउन सघाउँछ।

२: नयाँ आइफोन ब्रान्ड न्यू ६४ विट ए टेन फ्युजन चिपसेट जडिएको डिभाइस हो। एप्पलले नै डिजाइन गरेको क्वाड कोर सीपीयु जसले ब्याट्री कम खपत गर्छ। यो सीपीयुको गति अघिल्लो आइफोन भन्दा ५० प्रतिशत बढी छ।

३: नयाँ विशेषता थप्ने क्रममा आइफोनमा यसमा एयरपोड्स् थपिएको छ जुन एप्पलले नै डिजाइन गरेको हो। डब्लु वन चिप राखिएको यो एअरपोड्स् म्युजिकप्रेमीका लागि धेरै उपयोगी छ।

४: पहिलो पटक यसको आइकोनिक होम बटन परिवर्तन गरिएको छ। यसमा ट्यापिक इन्जिन जोडिएको छ जसले टच सेन्सेटिभ बनाएको छ।
 
५: यसमा रेयर क्यामरा १२ मेगापिक्सेलकै छ तर सुधारिएको छ। रेयर क्यामरामा अब्टिकल इमेज स्टेबलाइजेन थपिएको छ र जुम गर्दा यसबाट राम्रो फोटो निकाल्न सकिने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।