0 COMMENTS

माओवादी नै पछि हट्यो

 माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला देश दौडानमा लागेका छन् । केही समयअघिमात्र ‘एनि हाऊ मेरो नेतृत्वमा सहमतिय सरकार बनाउँ’ भन्दै हिँडेका प्रचण्ड यतिबेल ओलीकै नेतृत्वमा भएपनि सहमतिय सरकार हुनुपर्छ भन्न थालेका छन् । त्यसो त ओली सरकार परिवर्तन गरेर कांग्रेस, एमालेको सहमतिमा आफू प्रधानमन्त्री बन्ने मनसाय बनाएका प्रचण्डले सोचे अनुसार नभएपछि पछि हटेको स्रोत बताउँछ । सरकार परिवर्तनमा लागेका कांग्रेस सभापति शेरबहादुर देउवा आफै प्रधानमन्त्री हुनु दाउँमा रहेको र एमालेबाट बिरोध जनाएका नेताले पनि प्रधानमन्त्रीको पद पाए पड्काउने चाल पाएपछि प्रचण्ड पछि हटेका हुन् ।

त्यसो त जनताले ओली सरकारलाई केही समय काम गर्न दिनुपर्ने बताइरहेका बेला भर्खरै मात्र १० माओवादी घटकको एकीकरणपछि शक्तिशाली बन्दै गरेको पार्टीलाई लाग्न सक्ने सरकार ढालेको आरोप उनी लिन चाहन्नन् । स्रोतका अनुसार चीनबाट पनि माओवादीलाई ओली सरकार नढाल्न दबाब आइरहेको छ । त्यसैले पनि सरकार परिवर्तनको विषयमा माओवादी लचिलो भएको देखिएको हो ।

कांग्रेस नेता पनि सरकार नढाल्ने पक्षमा
सभापति देउवाले सरकार परिवर्तन गर्न वैशाख अन्तिमतिर फालेको पहिलो जालले काम नगरेपछि दोश्रो पटक धेरै सक्रियता देखाएनन् । तर, पनि सरकार परिवर्तनको पक्षमा उनी निकट नेताहरु लागिरहे । देउवा यदि ओली सरकार ढलेको खण्डमा आफै प्रधानमन्त्री हुने दाउँमा रहेकाले पनि सरकार परिवर्तन हुने समभावना झनै कम रह्यो । त्यै पनि अझै देउवा पक्षमा नेता भने सरकार परिवर्तनको विकल्प नभएको बताउँदै हिँडिरहेका छन् । प्रमुख विपक्षी भएको नाताले पनि कांग्रेसले सरकार परिवर्तन गर्नुपर्छ भन्नु स्वभाविक मानिएको छ । तर, उसकै केही प्रमुख नेताले सरकार परिवर्तन गर्नुहुन्न भन्ने बताउनुले भने देउवालाई झनै पीडा थपिएको छ ।

हाल कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला, नेतृ सुजाता कोइराला, युवा नेता गगन थापा लगाएतका नेता सरकार परिवर्तन गर्ने पक्षमा छैनन् । विगतमा बनेका सरकारले पनि खासै केही गर्न नसकेकाले एकपटक ओली सरकारले के गर्छ त कांग्रेसले त्यसलाई नियाल्नुपर्ने पक्षमा उनीहरु रहेको स्रोत बताउँछ । यदि ओली सरकारले राम्रै काम गरेपनि त्यसको विरोध गरेको जस कांग्रेसलाई नजाओस् र आश्वासन बाँडेर सोचेअनुसार काम गर्न नसके ओली सरकार जनताको नजरमा आफै गिर्ने भएकाले उनीहरु ‘पर्ख र हेर’ को रणनीतिमा रहेका छन् ।

सरकार परिवर्तनको विषयमा कांग्रेसका धेरै केन्द्रीय सदस्य मौन छन् भने केहीले सार्वजनिक रुपमा ओलीले राम्रा योजना ल्याएकाले का गर्न दिनुपर्ने पक्षमा छन् ।
पौडेलले सरकारको भन्दा कांग्रेसलाई संविधान कार्यान्वयनको बढी चिन्ता भएको बताउँदै सरकार परिवर्तनको खेलमा कांग्रेस नलाग्ने बताउँछन् । त्यस्तै, सिटौलाले पनि सरकारलाई केही समय काम गर्न दिनुपर्ने र पछि यसको असली रुप आफै देखिने मनसाय बनाएका बसेका छन् । उता सुजाता भने यही सरकारलार्य अझै लामो समयसम्म काम गर्ने अवसरका दिनुपर्ने पक्षमा छिन् । सरकार ढालने, बनाउने खेलले देशमा अस्थिरता नित्याउने हुँदा त्यसमा कांग्रेस लाग्न नहुने उनको बुझाइ छ । त्यसैगरी गगन पनि अहिलेको अवस्थामा राष्ट्रिय सहमति हुनसके मात्र सरकार परिवर्तन गर्नुपर्ने पक्षमा छन् । अर्को चुनावसम्म सरकार परिवर्तनको खेलमा राजनीतिक दल लागिरहँदा संविधान कार्यान्वयनलाई असर पुग्ने उनको बुझाइ छ । सरकार परिवर्तनमा राजनीतिक घटनाक्रम स्थिर हुन थालेपछि ०७३ माघमा चुनाव गराएर सरकार छाड्ने ओलीको सपना पुरा हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।