0 COMMENTS

प्रतिभा भट्टराई . हरेक पूर्णिमामा सोह्रै कलाले पूर्ण भएर चम्कदै शीतलता प्रदान गर्ने चन्द्रमाकाे, बिस्तारै कला घट्दै गएर औंसी मा भने झिनो रूप देख्न सकिन्छ। यसलाई विज्ञानले आफ्नै शैली मा ब्याख्या गरेको पाइन्छ भने धार्मिक बर्णन पनी बेग्लै किसिमको सुन्न पाइन्छ।

समाज निर्माणमा प्रमुख भूमिका निर्वाह गरेका दक्षप्रजापतीले आफ्ना ३३ कोटी कन्या ३३कोटि देवता हरु लाई विवाह गरेर दिएका थिए।जस् मध्ये २७ वटी चन्द्रमा ले मात्र विवाह गरेका थिए। उनीहरू लाई २७ नक्षत्र का नामले चिनिन्छ जून हरेक दिन पर्ने एक एक तिथि सँगै आउने गर्दछन्। (अश्विनी, भरणी,कृतिका, रोहिणी, आर्द्रा, मृगशिरा, पुनर्वसु………)। २७वटी विवाह गरेको भए पनि चन्द्रमा लाई भने रोहिणी सँग बढी प्रेम भएका कारण अरू २६ वटी रुष्ट थिए। र एकदिन आफ्ना पिता लाई आफ्नो दुःख पोखे। यो कुरा सुनेर दिक्क भएका दक्ष ले आफ्ना ज्वाइँ चन्द्रमा लाई राम्रो सँग सम्झाई अब छोरीहरूको गुनासो सुन्नु नपर्ने कुरामा विश्वस्त भएको बताए तर रोहिणी सँग आशक्ति भएका चन्द्रमा ले आफ्नो आदत बदल्न सकेनन् र बार बार सम्झाउँदा पनि नसके पछि दक्ष प्रजापतिले चन्द्रमा लाई समाजको नियम पालन नगरेको सजायँ स्वरूप क्षय हुने श्राप दिए।
यसरी समाजको नियम अनुसार हरेक पुरुषलेआफूले विवाह गरेर ल्याएकी स्त्रीलाइ मानसम्मान सहीत उचित पालनपोषण गर्नुपर्दछ र सो प्रक्रिया पुरा गर्न नजान्दा वा नसक्दा सजायँ को भागिदार हुनुपर्दछ। यसै नियम अनुसार सबै आफ्ना छोरीहरू नै भए पनि एउटी लाई मात्र हेरचाह गरी अरू लाई बेवास्ता गरेको कारण सजाए स्वरूप दक्ष प्रजापति आफ्ना आदरणीय ज्वाइँ भए पनि क्षय हुने श्राप दिन बाध्य भए। दक्ष प्रजापति पनि साधारण मानव नभएका कारण उनको श्राप चन्द्रमालाई लाग्यो र उनको कला, तेज़ दिन प्रतिदिन क्षीण हुदै गयो। यो देखेर त्रसित बनेका चन्द्र देव सम्पूर्ण देव गण सहीत समस्या समाधानको खोजीमा ब्रह्मा कहाँ पुगे। ब्रह्मा ले यस्को उचित समाधान शंकर भगवान सँग मात्र भएको बताउनु भए पछि चन्द्रमा आफ्ना दलबल सहीत प्रभास क्षेत्र मा गई निराकार शिव लिङ्ग को स्थापना गरी भोले नाथको कठोर तपस्या, पूजा आराधना गर्न थाले। यसरी ६ महिना लगातार ध्यान गरी महामृत्युञ्जय जप १०करोड पूरा गरे पछी भगवान भोले नाथ साकार रूप मा प्रकट हुनु भयो र आफ्नो कठोर तपस्या गर्नु काे कारण सोध्नु भयो। तब चन्द्रमा ले आफुलाई दक्षप्रजापतिले दिएको श्राप मेटाउने उपाय सोधे । अनि श्राप पाउनु काे कारण बुझेपछी शंकर भगवानले पनि दक्ष प्रजापति को श्राप मेटाउन नसकिने भन्दै, चन्द्रमा लाई आफ्नो शिरमा धारण गरी एउटा पक्षमा तेज र कला घट्दै गएर औंसिमा हँसिया आकारको देखिने भए पनि अर्को पक्षमा फेरी दिन प्रतिदिन बढ्दै गएर पूर्णिमा मा पूर्ण कला र तेज़ सहीत चम्कन सक्ने वरदान प्रदान गर्नु भएको थियो।
यसरी पौराणिक कथा का अनुसार आफ्ना ससुरा दक्ष प्रजापति को श्रापको कारण क्षीण भएर कृष्णपक्षबाट तेज़ घट्दै गई औंसी मा जगत अन्धकार पार्ने चन्द्रमाले भगवान भोलेनाथ काे कृपा द्वारा शुक्ल पक्ष देखि आफ्नो कला र तेज बढाउँदै लगी हरेक पूर्णिमामा तेजिला र पूर्ण भई जगत लाई चम्काउने गर्दछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।