0 COMMENTS

प्रतिभा भट्टराई,०७असार०७८/  हरेक वर्ष जून २१, मा मनाइने अन्तराष्ट्रिय याेग दिवस सप्ताह ब्यापी रुपमा विश्वभर आधुनिक प्रविधि जुम को माध्यम बाट याेग सँग सम्बन्धित विभिन्न कार्यक्रमहरु गरी सातौं चरणमा मनाइँदै छ।
योगको साधना बाट हरेक व्यक्ति ले आध्यात्मिक आनन्द, मानसिक शान्ति र शारीरिक स्वस्थता तथा आत्मविश्वास र साहस प्राप्त गर्न सफल हुनु को साथै प्राण लम्ब्याउन समेत सक्ने हुनाले वर्ष को लामाे दिन पारेर यो दिन लाई बिश्वयोग दिवस काे नामले मनाउनु पर्ने प्रस्ताव भारतका तत्कालीन प्रधान मन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघ मा सेप्टेम्बर २७ सन् २०१४ मा राख्नु भएको थियो। यो प्रस्ताव मा नेपालका तत्कालीन प्रधान मन्त्री सुशील कोइरालाले समर्थन जनाउँदै पहिलो हस्ताक्षर गर्नु भएको थियो। उक्त प्रस्ताव लाई११ डिसेम्बर२०१४ मा अनुमति प्रदान गरिए सँगै २१जून २०१५देखी यो दिन विश्व भर आफ्नो देश काल र परिस्थिति अनुकूल आफ्नै शैली र परिभाषा सहित अन्तराष्ट्रिय याेग दिवस मनाउने गरिन्छ,भने नेपालले अन्तराष्ट्रिय र राष्ट्रिय गरी वर्षको दुई पटक योग दिवस मनाउने गरेको छ।

यो दिवस हरेक व्यक्ति मा योगको फाइदा हरुको जानकारी गराउँदै प्रकृती सँग जोड्दै विश्वभर स्वास्थ्य मा चुनौती पूर्ण बिरामीको संख्या घटाउने उदेश्यले मनाउन थालिएको हो।
हिमालय पर्वतमा विराजमान देवाधिदेव महादेव ले माता पार्वती लगायत ऋषिमुनि हरुलाई प्रदान गर्नु भएको योग को ज्ञान महर्षि पतञ्जली हुँदै बाबा रामदेव मार्फत बिश्वभर फैलिएको छ।
अथाह रहस्य लुकेको८४लाख आसनहरू भएका, निरन्तर सक्रिय साधनाको माध्यमबाट आफु भित्र भएको सुक्ष्म आत्मा लाई पुर्ण ब्रह्म परमात्मा सँग मिलन गराउन सकिने योग बारे बुझ्नु आफ्नो उमेरको पनि धेरै समय सुतेर बित्ने मानव जीवनमा सम्भव हुँदैन तर एउटा स्वस्थ व्यक्तिले आफ्नो स्वास्थ्य काे रक्षा गर्न वा आध्यात्मिक, मानसिक र शारीरिक स्वस्थता कायम गर्न का लागी मात्र भए पनि चाहिने जति बुझ्नु जरूरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।