0 COMMENTS

काठमाडौं १६जेष्ठ०७८। देशविदेशमा रहेका खप्तडी बस्नेतहरुको दोस्रो राष्ट्रिय सम्मेलन यही वर्ष चैतमा गरिने भएको छ ।
खप्तडी बस्नेत कल्याणकारी कोष र खप्तडी बस्नेत एकीकृत समिति काठमांडौको संयुक्त बैठकले दोस्रो राष्ट्रिय सम्मेलन आगामी चैत २६ र २७ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो । सम्मेलनमा देशविदेशमा रहेका विधिवत संघसंस्थाहरु आयोजक तथा सहआयोजक रहने निर्णय पनि बैठकले गरेको छ ।
कोरोना महामारीबाट केही सहजता प्राप्त भए पछि सबै संघसंस्था र बन्धु वान्धवहरुसँग छलफल गरी सबै क्षेत्रहरुलाई समेटिने गरी आवाश्यक महत्वपूर्ण समिति, उपसमितिहरु गठन गरिने कुरा पनि जनाइएको छ ।

वंशावली दोस्रो संस्करण प्रकाशसनका लागि खप्तडी बस्नेत बन्धु उत्थान तथा वंशावली समिति, सुनसरीले कार्य गरिरहेको र प्राप्त हुनु पर्ने जति छुट वा अध्यावधिक वंशावलीहरु प्राप्त नभई कार्यमा ढिला भइरहेको अवस्थामा खप्तडी बस्नेत कल्याणकारी कोषले आपmनो अफिसियल सामाजिक संजालमार्फत व्यापक प्रसारप्रसार र अपिल नियमित रुपमा गरी अभियानकै रुपमा चलाउने निर्णय भए वमोजिम कार्य गरी वंशावली समितिलाई सहयोग गर्ने पनि जनाएको छ ।
देशविदेशका छरिएर रहेका सबै बन्धु, चेलीबेटी, भाउजु, बुहारी, संघसंस्था सबैमा यस दोस्रो सम्मेलन भव्य र सभ्य रुपमा सफलतापूर्वक सम्पन्न गर्नका लागि आआफ्नो स्थानबाट सहयोग पु¥याउन र सहभागी हुन पनि अपिल गरेको छ ।

खप्तडी बस्नेत सम्मेलन सचिवालय तीनकुने, काठमाडौंले सम्मेलन, आयोजनाका लागि सम्पूर्ण समन्वयकारी भूमिका र कार्यहरु गर्ने पनि जानकारी गराएको छ ।
यसअघि ‘विश्व एउटा सानो गाउँ सबै खप्तडी बस्नेत एकै ठाउँ’ भन्ने नारासहित खप्तडी बस्नेतहरुको प्रथम सम्मेलन २०७३ साल चैत्रमा सम्पन्न भएको थियो र विभिन्न महत्वपूर्ण घोषणा गर्दै सम्पन्न भएको सम्मेलनमा विभिन्न कार्यपत्रहरु प्रस्तुत भई छलफल भएका थिए । उक्त सम्मेलनका घोषणापत्र मध्य
१. खप्तडी बस्नेत वंशावली दोस्रो संस्करणमा सबै खप्तडी बस्नेतहरुलाई समेट्दै दोस्रो सम्मेलन अगावै प्रकाशन गर्ने
२. खप्तडी बस्नेतहरुको इतिहास, परम्परा र संस्कृतिहरुको बारे अनुसन्धान गर्ने
३. खप्तडी बस्नेतहरुको कुल पूजा देवाली, यसका विधिहरुबारे अध्ययन छलफल गरी देवाली एकै वर्ष एकै तिथिमा तय गरी खप्तडी बस्नेतहरुको महत्वपूर्ण पर्वका रुपमा स्थापित गर्ने रहेको थियो ।

यो सम्मेलनले केही हदसम्म धेरै दाजुभाइलाई एकठाउँमा ल्याएको र एकीकृत गर्न सफल भएको थियो । प्रथम सम्मेलन आयोजना भएको पनि लामो समय भइसकेको, कोरोना महामारीका कारण गत वर्ष पनि प्रस्ताव गर्न नसकिएकाले, खप्तडी बस्नेत कल्याणकारी कोष र खप्तडी बस्नेत एकीकृत समिति काठमांडौको संयुक्त बैठकले, देशविदेशमा रहेका विधिवत संघसंस्थाहरु आयोजक तथा सहआयोजक रहने गरी दोस्रो सम्मेलन २०७८ साल चैत्र २६ र २७ गते काठमांडौमा आयोजना गर्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।