0 COMMENTS

 काठमाण्डाै३०माघ०७७/  यसपटक केही विधर्मी नेताहरुले भगवान श्री पशुपतिनाथविरुद्ध अनास्था फैल्याउने प्रयास गरेका छन् । श्री ५ बीरेन्द्रसँग जोडेर भगवान श्री पशुपतिनाथबारे अनास्था फैल्याउने कार्य राजनिती गर्ने हौं भन्नेहरु द्वारा गरेका छन् ।
आमसभाको आयोजनाका क्रममा ‘पशुपतिनाथले कसैको रक्षा गर्दैनन् राजा वीरेन्द्रको पनि गरेनन्’ भन्ने जस्तो अधार्मिक, असभ्य टिप्पणी अपराधको जग उभिएर राजनिती गर्न अपराधी नेताहरुले गरेका छन् ।
भगवान पशुपतिनाथको शरणमा कोही जान चाहँदैनन्, बिदेसी धर्मको पक्ष पोषण गरिरहन्छन् भने पनि हामीलाई त्यसमा कुनै परवाह छैन । तर तीन करोड नेपाली जनता र विश्वभरका हिन्दूहरुका आस्थाका केन्द्र पशुपतिनाथविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने अधिकार कसैलाई छैन ।

पशुपतिनाथलाई स्वीकार गर्नु नगर्नु, त्यो कसैको निजी विचार हुन सक्ला । तर पशुपतिनाथबारे यस्तो भद्दा टिप्पणी गर्नु कसैको निजी विचार हुन सक्दैन । पशुपतिनाथविरुद्धको यस्तो विष वमन समस्त हिन्दु धर्मालम्वीहरुविरुद्धको धार्मिक हिंसा हो ।
शिव सेना नेपालले आफूलाई भगवान पशुपतिनाथ, भोलेबाबाको सेना ठान्दै आएको छ । यसकारण पाखण्डी, धर्म बिक्रेता नेताहरुले पशुपतिनाथविरुद्ध विष वमन गर्दा हामीलाई धार्मिक युद्धकालागि खुला आह्वान गरेको अनुभूति हुन्छ ।

हामी शिव सैनिक जरुर हौं । तर हामी शान्तिलाई प्राथमिकतामा राख्छौं । शान्तिका सबै मार्ग बन्द भएपछि मात्रै हामी युद्धमा जान्छौं । हामी हिन्दुहरु देशमा बुहसंख्यक छौं, तर पनि हामीविरुद्ध नै विदेशीको इशारामा धार्मिक हिंसा भइरहेको छ । हिन्दुराष्ट नेपालको मान्यता खोसेर हामी बहुसंख्यकमाथि विदेशीका लागि काम गर्नेहरुले पहिचानविहिन बनाएका छन् । यति हुँदा पनि हामी शान्त थियौं ।

। हामी युद्धबाट त कहिले पनि भाग्दैनौं । तर यस्तो युद्धमा निर्दोशलाई अघि सारेर धूर्त राजनिती स्याल आफू भाग्ने गर्छन् । यहि भएर पनि हामी केही संयम छौं । हाम्रो संयमतालाई कमजोरी नठानियोस् । समयमा सबैको हिसाब किताब हुनेछ ।

अनिल बस्नेत बाबा
अध्यक्ष, शिव सेना नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।