0 COMMENTS

प्रतिभा भट्टराई,  मंसिर शुक्ल पक्षमा पर्ने एकादशी लाई मोक्षदा एकादशी भनिन्छ। आफैंमा विशिष्ट महत्व बोकेको हरेक एकादशी का नाम र कथा फरक छन् भने महिमा र फलअपार छन। मानिसले जान अन्जानमा निक्कै पापहरू गर्ने अनि आफूले गरेका कामहरू पाप होइनन् भनेर मान्ने गरेको भए पनि, हरेक घटना अदृश्य शक्ति बाट सञ्चालन हुने मानव जीवनमा गरेका सम्पूर्ण पाप हरु नष्ट गरी सुख शान्ति र समृद्धि प्राप्त गर्न सकिने याे व्रत आफु र आफ्ना पितृहरूको मोक्ष प्राप्तिका लागी पनि अत्यन्त उपयोगी छ। पितृ हरुका उद्धार नहुँदा घरमा बिना कारण झैँ झगडा हुने, आँटेका काममा बाधा अवरोध आइलाग्ने तथा अकाल मृत्यु हुने जस्ता अप्रिय घटना हरु घट्ने गर्दछन् र यी समस्या हरुबाट छुटकारा पाउन का लागि पनि याे एकादशी अती उत्तम मानिन्छ।

ब्रह्म पुराणका अनुसार, द्वापर युगमा श्री कृष्णले महाभारत युद्धको समयमा, अर्जुनलाई यसै दिन गीता काे उपदेश दिनु भएको थियो। १८ अध्याय र ७०० श्लोक मा कर्मयोग, ज्ञानयोग र भक्तियोग लगायत धर्म, कर्मफल, जन्म, मृत्यु, सत्य असत्य का साथै जीवनसँग सम्बन्धित प्रश्नहरूको उत्तर सामेल भएकाे गीताको प्राकट्य यसै दिन श्री कृष्णकाे मुखारवृन्द बाट हुन गएको ले याे दिन लाई गीता जयन्तीको नाम ले पनि चिनिन्छ।

यसरी महत्वपूर्ण तिथी एकादशी र गीता जयन्तीको अवसरमा, विहान ब्रह्म मुहुर्तमा उठी पवित्र नदी हरुको नाम वा एकादशी काे नाम उच्चारण गर्दै स्नान गरी आफ्नो सामर्थ्य अनूसार, सेता पहेँला, पुष्प, चन्दन, नैवेद्य, धूप दीप, तील तुलसी आदि अर्पण गरी विष्णु भगवान, कृष्ण र गीताको समेत पुस्तकको पूजा अर्चना गरी, गीता काे पाठ गर्दा शुभ फल पाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।