0 COMMENTS

काठमाडौं२२मंसीर०७७ । पछिल्लो समय राजसंस्था पक्षधरहरुको प्रदर्शन सशक्त हुँदै गएको छ । तर यी कार्यक्रमहरुमा आयोजक देखिएका छैनन् ।

राजनीतिक दलहरुको औपचारिक उपस्थिति नदेखिए पनि प्रदर्शन सशक्त भइरहेको शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ बताउँछन् । अध्यक्ष बस्नेत भन्छन्, ‘जसले राजसंस्था र हिन्दुत्वको नाम बेचेर जनताबाट मत लिए, बदलामा उनीहरुले धोका मात्रै दिए । तर पनि लाखाै नेपाली राजसंस्था र हिन्दुत्व चाहन्छन् । सबै राजनीतिक दलमा रहेकाहरू प्रदर्शनमा सहभागी भइरहेका छन् । सबैलाइ प्रदर्शनमा स्वागत छ । ’

अध्यक्ष बस्नेतका अनुसार नेपाल जनताको आयोजनामा विभिन्न जिल्लामा मोटरसाइकल र्यालीको तालिका सार्वजनिक भएको छ ।

जसअनुसार मंसिर २२ मा बाराको निजगढमा बिहान ११ बजे, जलेश्वरमा १ बजे, २४ गते बर्दघाटमा ११ बजे, २६गते दमौलीमा ११ः३० बजे, बैतडीको टुँडीखेलमा ११ बजे मोटरसाइकल र्यालीको आयोजना हुनेछ ।

२६गते नै भैरहवामा १ बजे, २८ गते गौरमा ११ बजे, दार्चुलाको मालिा अर्जुनमा १२ बजे कार्यक्रम तय भएको छ ।

२८ गते नै पाल्पाको रामपुरमा १ बजे, २९ गते गोरखामा १ बजे र कपिलवस्तुको जीतपुरमा १२ बजे मोटरसाइकल र्याली हुनेछ ।

मंसिर ३० गते सिरहाको चोहर्वामा १ बजे, पुस १ मा बागलङुको भगवती मन्दिरमा १ बजेबाट र्याली सुरु हुनेछ ।

यी र्यालीहरुमा ‘धर्म साझा, देश साझा, राजा साझा’ ‘नेपाली जनता जागैँ राजा ल्याऔ ,देश र धर्म को रक्षा गरौं’ जस्ता नारा तय गरिएको छ ।

नेपाली जनताको आयोजनामा सुरु भएको यो कार्यक्रम अन्तर्गत मंसिर १८ र २० गतेका कार्यक्रम सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।