0 COMMENTS

 काठमाण्डाै २१ मंसिर २०७७/सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले अब अपाङ्गता भएका व्यक्तिले घरमै बसी विश्वसँग जोड्ने सञ्जाल निर्माण गर्न सकिने बताउनुभएको छ । २९ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता संरक्षण नेपाल र प्रभु पेको संयुक्त आयोजना तथा नेपाल इन्टरनेट फाउन्डेसनको प्राविधिक सहयोगमा भएको भर्चुअल कार्यक्रममा मन्त्री गुरुङले सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरुलाई प्रविधिसँग जोड्ने गरी सरकारले काम थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अवधारणा अनुरुप अब मुलुक डिजिटल हुने र जसको माध्यमबाट अपाङ्ग व्यक्तिले घरमै बसीबसी विश्वसँग जोडिने बताउनुभयो ।

कार्यक्रममा अपाङ्गता संरक्षण नेपालका अध्यक्ष विरोध खतिवडाले कोभिड १९ को जोखिमको अवस्थामा पनि प्रविधिसँग पहुँच नहुँदा अपाङ्गता भएका व्यक्तिहरु समस्यामा परेको गुनासो गर्नुभयो । पछिल्लो समय कागजको रुपैँयाको कारोवारमा पनि कोरोनाको जोखिम रहेको सुन्दै आएकोमा आफूहरुले बैकिङ्ग कारोबार गर्नबाट बञ्चित भएको बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुको पहुँच बैकिङ्ग कारोबारमा समेत नभएको बताउँदै मन्त्री गुरुङ्गको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले सेवा दिने कार्यालयको भौतिक संरचना अपाङ्गमैत्री नहुँदा पनि समस्या भोग्नुपरेको बताउनुभयो ।

उहाँले अपाङ्गता संरक्षण नेपाल र प्रभु पे को तर्फबाट सेवा दिने उदेश्यले हाम्रो मोबाइल वालेट बनाइएको जानकारी दिनुभयो । यसअधि बैकिङ्ग कारोबार गर्न नपाएका अपाङ्गता भएका व्यक्तिहरुले अबदेखी उक्त एपमार्फत सेवा लिन सक्ने जनाइएको छ । साथै एपलाई अझै सुधार गरी सरल बनाउनेतर्फ आफूहरु लागेको बताउनुभयो ।

यस वर्षको दिवसको नारा ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता ः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने तय गरिएको छ । नेपालमा अपाङ्गता भएकाको जनसंख्या करिब पाँच लाख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।