0 COMMENTS

काठमाडौँ २३कार्तिक  २०७७ / आपतकालीन अवस्थामा कोरोना संक्रमितमा प्रयोग गर्न सरकारले अनुमति दिएको रेमडेसिभिर औषधिको कालोबजारी भएको पाइएको छ । यसबारे छानबिन गर्न गठित समितिले रेमडेसिभिरको दुरुपयोग तथा कालोबजारी भएको औंल्याएको छ ।

स्वास्थ्य मन्त्रालयले डा. विकास देवकोटाको संयोजकत्वमा गठित समितिले प्रतिवेदन स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई बुझाइसकेको छ ।

समितिको सदस्यमा डा. रमेश खरेल र मन्त्रालयकै अर्का कर्मचारी पानबहादुर क्षेत्री थिए । स्वास्थ्य मन्त्रालयले रेमडेसिभिर दुरुपयोग भएको गुनासो आएपछि छानबिन समिति बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।