0 COMMENTS

काठमाडौं २८ भाद्र २०७७– सरकारले कोरोना परीक्षणको शुक २ हजार तोकेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेटमार्फत अबदेखि कोरोना परीक्षणको शुल्क २ हजार निर्धारण गरिएको बताए ।

डा गौतमले पीसीआर परीक्षण शुल्क सबै प्रयोगशालाहरुका लागि सबैशुल्क सहित अधिकतम २ हजार तोकिएको बताए ।स्वास्थ्य मन्त्रालयले शुरुमा नेपालमा ५ हजार ५ सयमा पीसीआर परीक्षण गराएको थियो । उक्त शुल्क केही सयम अघि घटाएर ४ हजार ४ सय कायम गरेको थियो ।

विभिन्न प्रयोगशाला तथा निजी असपतालहरुले २५ सयमै कोरोना परीक्षण गर्न थालेपछि सरकारले पीसीआर परीक्षणको शुल्क महंगो लिएको जनगुनासो बढेको थियो ।

कोरोना परीक्षणको शुल्क निजी अस्पतालको भन्दा सरकारी प्रयोगशालाको बढी भएको भन्दै आलोचना भइरहेका बेला स्वास्थ्य मन्त्रालयले परीक्षण शुल्क घटाएर २ हजार बनाएको हो ।

डा गौतमले बंगलादेशबाट ५ हजार भाइल रेम्डेसिभिर उपलब्ध भएको भन्दै उक्त औषधि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्देशिका अनुसार प्रयोग गर्न सुचीकृत भएका अस्पतालहरुमा मात्र बिरामीको चाँपको आनुसार वितरण गर्ने बताए ।

उनले त्यसको सम्पूर्ण विवरण परिषद्ले नै स्वास्थ्य मन्त्रालयले पेस गर्नुपर्ने पनि बताए ।

यस्तै नेपालमा एम्बुलेन्सहरु बिरामी बोक्ने बाहेक अन्य काममा प्रयोग भइरहेको गुनासो बढेको हुँदा यस्तो गरेको पाइए उनीहरुको दर्ता खारेज गरिने पनि डा गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।