0 COMMENTS
 प्रतिभा भट्टराई/असाेज कृष्ण पक्षमा पर्ने एकादशी लाई इन्दिरा एकादशी भनिन्छ। हरेक महिनामा कृष्ण पक्ष र शुक्ल पक्ष गरी दुई वटा पर्ने एकादशीका नाम, फल अनि कथा फरक फरक भएपनि सम्पूर्ण एकादशीका महिमा वा महत्व भने सामान रहन्छन्। सोह्र श्राद्ध वा पितृ पक्ष मा पर्ने यो एक मात्र एकादशी भएकाले यो दिन ,पितृ हरु सँग पनि जोडिएको छ।” लाग्दो तिथि अनि छोड्दो व्रत”भन्ने भनाई अनुसार दुई दिन एकादशी परेका समयमा श्राद्ध कर्म अघिल्लो दिन गरिन्छ भने एकादशीको व्रत पूजा चाहिँ भोलि पल्ट गरिने चलन रहेको पाइन्छ। सोह्र दिन गरिने महालक्ष्मी व्रत समाप्ति पछि आउने माता लक्ष्मी कै एक नाम रहेको यो इन्दिरा एकादशीमा पनि, जल, अर्घ, पञ्चा मृत, मौसमी फल,फूल,धूप दीप सहित शालिग्राम विष्णु भगवान, तुलसी का साथै लक्ष्मी नारायणको पूजा गरी लिइने यो व्रतका दिन दिउँसो सुत्नु बर्जित गरिएको छ भने भजन कीर्तन र विष्णु सहस्रनाम को पाठ, गीता पाठ लगायत गोपिकास्तुती को पाठ तथा एकादशी माहात्म्य को श्रवण लाई सुभ मानिएको छ।
 
सत्य युगमा महिष्मती नगरका अत्यन्त यश कीर्ति र मान भएका प्रजा प्रेमी राजा इन्द्रसेनले मृत्यु पश्चातआफ्ना पिताको बाश यमलोकमा भएको र आफूले इन्दिरा एकादशीको व्रत दशमी तिथि बाट द्वादशी सम्म गर्नु पर्ने नियम को पालना गरी बस्नाले त्यो व्रतको फलका प्रभावले आफ्ना पिताको बाश स्वर्ग लोकमा हुने कुरा नारद ऋषि बाट थाहा पाएपछि सोही अनुसार व्रत विधि समापन गरी आफ्ना पिताको नाम मा अर्पण गरे पछि उनका पिता को उद्धार भएको ले सन्तति हरुले नियम पूर्वक यो एकादशीको व्रत बसिदिनाले आफ्ना कूलका पितृ हरुले मोक्ष प्राप्त गर्न सक्ने कुरा पनि धर्मराज युधिष्ठिरलाई श्री कृष्ण ले बताउनु भएको भनी एकादशी माहात्म्य मा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।