0 COMMENTS

 प्रतिभा भट्टराइ,३१साउन०७७/  भाद्र कृष्ण पक्षमा पर्ने वा कृष्ण अष्टमी पछि आउने एकादशी लाई अजा एकादशी भनिन्छ। प्रत्येक १५ दिनमा आउने एकादशीको नाम फरक भए पनि यसको महत्व, व्रत र पूजा विधि भने एकनासको हुने गर्दछ। माता लक्ष्मी सहित ऋषिकेश नामका विष्णु भगवानको पूजा अनि तुलसीको पूजा आफ्नो सामर्थ्य अनुसार धूप, दीप, नैवेद्य, पुष्प अर्पण गर्दै श्रद्धा र भक्ति सहित गरी आफ्नो सरीरको पनि अवस्था अनुसार आहार बिहारमा ध्यान दिएर मन्, वचन र कर्मले कसैको कुभलो नगरी ब्रह्म मुहूर्तमा एकादशीको नाम उच्चारण गरी स्नान बाट सुरु गरिने यो व्रत सञ्चित पाप नष्ट गर्ने तथा सुख शान्ति र समृद्धि प्रदान गर्ने वाला छ।

परापूर्व कालमा चक्रवर्ती तथा सत्यवादी राजा हरिश्चन्द्र ले आफ्नो पूर्व जन्मको कर्मको फल भोग्नु पर्ने विधिको विधान अनुसार ऋषि विश्वामित्रले परीक्षा लिने क्रममा एक समय आफ्नो राज्य तथा पत्नी र पुत्र समेत त्याग गरी एक चण्डाल को दास भएर रहनु परेको र पछि गौतम ऋषि को आज्ञाले यही अजा एकादशीको व्रत नियम पूर्वक बस्दा आफ्ना गुमेका पत्नी, पुत्र तथा राज्य समेत फिर्ता पाएको कथा समेटिएको यो अजा एकादशीको व्रत सकिन्छ भने विधि पूर्वक लिने र सकिन्न भने पनि सात्विक भोजन गरेर कसैको कुनै प्रकारको हिंसा नगरी भगवानका नाम संकिर्तनहरु गाएर बस्न सके सबैमा आध्यात्मिक ऊर्जाको प्रवाह हुने र यस्ता ऊर्जा ले हरेक मन शान्त अनि आनन्दित हुन जान्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।