0 COMMENTS

 प्रतिभा भट्टराई। विभिन्न समयमा घटेका घटनाहरु सँगै रहेका हजारौं नाम हरुले पुकारिने भगवान आशुतोष का ६४ ज्योतिर्लिङ्ग हरु मध्ये १२ वटा प्रमुख मानिन्छन् र त्यसमा पनि सोमनाथ (सोमेश्वर) ज्योतिर्लिङ्ग लाई पहिलो मानिन्छ।सोम अर्थात् चन्द्रमा को स्तुति द्वारा प्रसन्न भएर दर्शन दिनुभए पछि यो ज्योतिर्लिङ्ग सोमनाथ को नामले पुजिन थालियो।दक्ष प्रजापतिका ३३ कोटी कन्या ३३ कोटी देवता हरुले विवाह गर्दा चन्द्रमाले २७ वटी कन्या विवाह गरेका थिए। जसबाट चन्द्रमा भाग्यमानी अनि ती कन्याहरू सौभाग्यशाली कहलिएका थिए।तर चन्द्रमा लाई भने २७ वटी मध्ये रोहिणी अति प्रिय थिइन्।अनि रोहिणी प्रति आसक्त भएका चन्द्रमाले अन्य २६ वटी लाई दुर्व्यवहार गरेका थिए। जून कुराले उनीहरू रुष्ट अनि निरास थिए। त्यसैले एकदिन २६ वटी चन्द्रमा का पत्नी हरुले यो कुरा आफ्ना पिता दक्ष प्रजापति संग गरे ,जून कुराले दुःखी बनेका दक्ष ले आफ्ना ज्वाइँ चन्द्रमा लाई सम्झाई बुझाई गरे अनि आइन्दा यस्तो नहुने कुरामा विश्वस्त पनि भए। तर रोहिणी प्रति अत्यधिक प्रेम भएका चन्द्रमाले आफ्नो व्यवहार परिवर्तन गर्न सकेनन्।

यसरी आफ्ना पिताको आज्ञा लाई चन्द्रमा ले बेवास्ता गरेकाले रोहिणी का दिदीबहिनी हरुले फेरि आफ्ना पिता सँग गुनासो गरे अनि फेरि दक्ष ले उच्च कोटी को आदर सहित चन्द्रमा लाई सम्झाए। तर पटक, पटक बुझाए पनि रोहिणी प्रति आशक्ति भएका चन्द्रमाले नमाने पछि भने दक्ष ले आफ्ना आदरणीय ज्वाइँ भए पनि चन्द्रमा लाई समाज को नियम पालन नगरेकाले, क्षय हुने श्राप दिए र उनलाई क्षयरोग लाग्यो।

समाजको नियम अनुसार, हरेक पुरुषले आफूले विवाह गरेर ल्याएकी स्त्री लाई उचित मानसम्मान र पालन पोषण गर्नु पर्दछ जस्ले यस्ता नियमहरू लाई बेवास्ता गर्दछ ऊ कुनै न कुनै रूपमा सजाएको भागीदार बन्दछ। जस् अनुसार दक्ष प्रजापति पनि साधारण मानव नभएकाले र समाज निर्माणमा उनको अहम् भूमिका भएको ले उनको श्राप चन्द्रमा लाई लाग्यो र उनको कला, तेज दिनदिनै घट्दै जान थाल्यो।

याे देखेर चिन्तीत बनेका देवताहरू र चन्द्रमा उचित सल्लाहको लागी ब्रह्मा जी कहाँ गए। अनी ब्रह्मा ले याे समस्याको समाधान गर्न शंकर भगवान ले मात्र सक्ने भएकाेले सुभ प्रभास क्षेत्रमा गई शिवलिंग स्थापना गरी जप पूजा आरधना सहित कठोर शिव स्तुती गरी उहाँलाइ खुशी पार्न सके याे श्राप को समस्याको केही हल गर्न सकिने बताए पछि देवमण्डल सहित चन्द्रमा सुभ प्रभास क्षेत्रमा गई ६ महीना कठोर तपस्या मा लीन भई भोलेनाथको पूजा आरधना सहित महामृत्युञ्जय जप १०करोड पूरा गरे ।तत् पश्चात्आशुतोष भगवान् खुशि भै चन्द्रमाले स्थापना गरेको नीराकार शिवलिंगमा साकार स्वरूपको दर्शन दिनुभयो र आफ्नो कठोर स्तुति गर्नु को उदेश्य सोध्नु भयो ।यसरि त्यसै दिनदेखि उक्त ज्योतिर्लिङ्ग सोमनाथको नामले स्थापना गरी त्यसै ठाउँमा ब्रह्मा र शंकर को निवास रहने विश्वासका साथ बिश्व प्रख्यात वन्न पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।