0 COMMENTS

काठमाडौं, १६ साउन०७७ । सुमदायमा कोरोना संक्रमण फैलिएको निष्कर्ष निकाल्दै विराटनगर महानगरपालिकाले आज राति १२ बजेदेखि १४ दिनसम्म कडा लकडाउन गर्ने भएको छ ।

संक्रमणको जोखिम न्यूनीकरणका लागि लकडाउन गर्न लागिएको विराटनर महानगरका मेयर भीम पराजुलीले न्यूज २४ लाई जानकारी दिनुभयो ।हिजो बिहीबार मोरङमा एक कोरोना संक्रमितको मृत्यु भएपछि महागनगरपालिका भित्र झनै भय बढेको थियो । खुला सीमाका कारण पनि भारतबाट निर्वाध संक्रमित प्रवेश गर्न थालेपछि विराटनगर महानगरसंग अन्य विकल्प नरहेको पनि मेयर पराजुलीले  बताउनु भयो ।विराटनगर महानगरपालिका भित्र हालसम्म १ सय ७ जना संक्रमित फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।