0 COMMENTS

काठमाडौं १४ श्रावण २०७७/ नेपालमा सुनको मूल्य बुधवार पनि बढेको छ । आज (बुधवार) सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ ।मंगलवारको तुलनामा सुन तोलामा ३ सय बढेको हो । मंगलवार सुन ९८ हजार २ सयमा कारोवार भएको थियो । बुधवार सुनको मूल्य बढेर हालसम्मकै उच्चमा सुनको मूल्य पुगेको हो ।

लकडाउनका कारण सुनको कारोबार भने खासै भएको छैन ।सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदाको मूल्य भने थोरै घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घटेर १२ सय २५ प्रतितोला पुगेको छ । सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा पनि बढिरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।