0 COMMENTS

काठमाडौँ२३असार०७७/ प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई जना बसेर विवाद समाधानका लागि संवाद गर्ने सहमतिप्रति वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाएका छन् ।

सोमबार ओली र दाहालबीच पार्टीको आन्तरिक विवादमा सहमतिको सूत्र खोज्न दुई अध्यक्षमात्र संवादमा जुट्ने सहमति भएको थियो । यसैलाई लिएर वरिष्ठ नेता नेपालको असन्तुष्टि आएको हो । ओली र दाहालबीचको भेट लगत्तै नेपाल र दाहालबीच भेटवार्ता भएको थियो ।

स्रोतका अनुसार यही भेटवार्तामा नेता नेपालले दुई अध्यक्षको सहमतिलाई लिएर असन्तुष्टि जनाएका हुन् । नेता नेपालसँगै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि दुई अध्यक्षले संवाद साँघुरो बनाएकोमा असन्तुष्ट छन् ।

ओली र दाहालले आइतबारको छलफलमा महासचिव विष्णु पौडेल, मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्मासहित छलफल गरेका थिए । पौडेल र पोखरेल ओली निकट नेता हुन् भने पुन र शर्मा दाहाल निकट मानिन्छन् ।

दुई–दुई जना निकट नेता राख्दा पनि दाहालले आफ्नो समूहका नेता नराखेकोमा नेपालको असन्तुष्टि थियो । यी चार नेतालाई सहमतिको गृहकार्य गर्ने जिम्मा दिइएको बताइए पनि पछि दाहालको सचिवालयले यस्तो नभएको दाबी गरेको थियो । त्यहीबीचमा नेकपाको सहमतिको पाँच बुँदे मस्यौदा नाम दिइएको पत्र बाहिरिएको थियो । यसलाई पनि दाहालको सचिवालयले गलत भन्दै खण्डन गरेको थियो । ,याे खबर कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।