0 COMMENTS

काठमाण्डाै२०असार०७७/  एनआईसी एशिया लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड भएको छ । लघुवित्तको आईपिओ बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो ।

लघुवित्तको आइपीओमा आवेदन गर्ने सबै आवेदकले न्युनतम १० कित्ता शेयर पाएका छन् भने भाग्यमानी ४६ हजार ५७९ लगानीकर्ताले गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका छन् ।

लघुवित्तले असार १० गतेदेखि १४ गतेसम्म ४४ लाख ४३ हजार २०० कित्ता शेयर बिक्री गरेको थियो।लघुवित्तले निष्काशन गरेको आइपीओमा ४ लाख १४ हजार १८० लगानीकर्ताबाट २ अर्ब ३० करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको २ करोड ३० लाख ६५ हजार ३९० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो। जसमध्ये ३ लाख ९७ हजार ७४१ वटा योग्य आवेदन परेको सानिमा क्यापिटलले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।