0 COMMENTS

काठमाडौं८ असार २०७७ /जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज विभिन्न ४१ जिल्लाका नदी तथा खोलामा बाढीको सम्भावना रहेको जनाएको छ ।

मनसुन सुरू भएसँगै जारी वर्षाका कारण आज बागमती, नारायणी, पश्चिम राप्ती, बबईका स-साना सहायक नदीहरुमा बहाब बढ्ने र केहीमा आकस्मिक बहाब पनि हुन सक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लासहित ईलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, उदयपुर, सिन्धुली, मकवानपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवनका स-साना खोलाहरूमा पनि वहाब बढ्ने सम्भावना छ ।

यस्तै गोरखा, तनहुँ, कास्की, लमजुङ, स्याङजा, पर्वत, अर्घाखाँची, गुल्मी, पाल्पा, रोल्पा, प्यूठान, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, बाँके, सल्यान, सुर्खेत, कैलाली र आसपास जिल्ला भई बहने स-साना खोलाहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपाससम्म पुग्न सक्ने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।