0 COMMENTS

काठमाडौं, ०५असार०७७/ कोरोना महामारीबाट विश्वभर ४ लाख ५२ हजार ५ सय २० जनाको मृत्यु भइसकेको छ।मृत्यु हुनेको संख्या सबैभन्दा बढी अमेरिकामा छ । जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा सर्वाधिक १ लाख १८ हजार ३ सय ८१ जनाको मृत्यु भएको छ।

त्यस्तै, ब्राजिलमा ४७ हजार ७ सय ४८, बेलायतमा ४२ हजार ३ सय ७३, इटालीमा ३४ हजार ५ सय १४, फ्रान्समा २९ हजार ६ सय ६ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना संक्रमितको संख्या ८४ लाख ५३ हजार ८० पुगिसकेको छ। संक्रमितको संख्या पनि अमेरिकामा नै धेरै छ । त्यहाँ सर्वाधिक २१ लाख ८७ हजार ८ सय ७६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, ब्राजिलमा ९ लाख ७८ हजार १ सय ४२, रुसमा ५ लाख ६० हजार ३ सय २१, भारतमा ३ लाख ६६ हजार ९ सय ४६, बेलायतमा ३ लाख १ हजार ९ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म विश्वभर ४१ लाख ३४ हजार २ सय १० जना संक्रमणमुक्त भएका छन्।

संक्रमणमुक्त हुनेको संख्या अमेरिकामा ५ लाख ९९ हजार १ सय १५, ब्राजिलमा ४ लाख ३० हजार १ सय ३७, रुसमा ३ लाख १३ हजार ४ सय ९, भारतमा १ लाख ९४ हजार ३ सय २५ जनामा संक्रमणमुक्त भएका छन्।

नेपालमा हालसम्म ७ हजार ८ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ। त्यसमध्ये १ हजार १ सय ८६ जना संक्रमणमुक्त भएका छन्। ज्यान गुमाउनेको संख्या २२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।