0 COMMENTS

काठमाण्डाै,२७ जेष्ठ०७७/ लगातार नेपाल विरोधी अभिव्यक्ति दिँदै आएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई सांसद पदबाट बर्खास्त गरि देश निकाला गर्न चौतर्फी दवाव सिर्जना भएको छ । लिम्पीयाधुरा सम्मको भु भाग नेपालको नभएको भन्दै पटक पटक बोल्दै आएकी गिरीले झन् चर्को स्वरमा बोल्न थालेवपछि उनलाई सांसद बाट हटाउँन दवाव परको हो । समाजिक संजालमा हजारौँ नागरिकले गिरीलाई देश निकाला गर्न माग गरेका छन् ।

यता राप्रपा का अध्यक्ष कमल थापा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले जनता समाजवादी पार्टी, नेपालकी सांसद सरिता गिरीलाई राष्टघातीको संज्ञा दिएका छन् । उनिहरुले सांसद सरिता गिरिको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै सांसद बाट बर्खास्ती गर्न माग गरेका छन् ।

गिरीले प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै लिम्पियाधुरा नेपालको भाग हो भनेर आफूले स्वीकार नगर्ने अभिव्यक्ति दिएकी थिईन् । सो अभिव्यक्ति उनको आलोचना झन तिब्र भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।