0 COMMENTS

काठमाडौं, १६ जेठ । नेपाली सेनाले भारतीय मिडियामा प्रकाशित २ समाचारप्रति आपत्ति जनाएको छ । भारतको हिन्दुस्तान टाइम्स र टीएफआई पोष्ट डट कममा बुधबार र बिहीबार छापिएका समाचार भ्रामक र कपाेलकल्पित रहेको भन्दै नेपाली सेनाले कडा आपत्ति जनाएको हो ।

बुधबार अर्थात् जेठ १४ मा हिन्दुस्थान टाइम्सले ‘In huge setback to PM Oli, Nepal’s new political map hits a roadblock ‘ शीर्षकको समाचार लेखेको थियो । त्यस्तैगरी जेठ १५ गते बिहीबार टीएफआई पोष्ट डट कममा ‘oli or dered nepal chief of army to rebut indian army chief remarks the nepalese general said no thanks’ शीर्षकमा समाचार छापेकाे थियाे । यी समाचारहरुप्रति नेपाली सेनाले आपत्ति जनाउँदै बिहीबार विज्ञप्ति निकालेर नेपालको तर्फबाट ध्यानाकर्षण भएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ- ‘यी समाचार भ्रामक, दुराशयपूर्ण, काल्पनिक र निराधार रहेको स्पष्ट पार्दछों । यी समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्याउने उद्देश्यबाट प्रेरित देखिन्छ । राष्ट्रिय एकता थप बलियो बनाउनुपर्ने अहिलेको बेलामा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुण्ठित मनाशायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न आम पाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई अनुराेध गरिन्छ ।’

नेपाली सेनाले यस सम्बन्धमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले समेत धारण दिइसक्नुभएको जानकारी गरेकाे छ । त्यस्तै, नेपाली सेना नेपालको संविधानअनुरुप नेपाल सरकारबाट प्राप्त वैधानिक निर्णय र निर्देशन पालना गर्न सदैव कटिबद्ध रहेको जनाएको छ ।

त्यस्तैगरी विज्ञप्तिको अन्त्यमा आगामी दिनहरुमा समेत विभिन्न माध्यमबाट नेपाल, नेपाली नागरिक र नेपाली सेनासम्बन्धी यसप्रकारका अफवाह फैलाउने प्रयास हुने भएकाले सचेत र सजक हुन सेनाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।