0 COMMENTS

खलङ्गा, १६ जेठ०७७/जुम्लाको कर्णाली प्रविधिक शिक्षालयको एकीकृत क्वारेन्टिनमा बसेका ४५ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपश्चात् घर पठाइएको छ । भारतबाट आएका उनीहरु क्वारेन्टिनमा बस्दै आएको जिल्ला जनस्वास्थ्य प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । उनीहरुको मङ्गलबार पिसीआर रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार उनीहरुलाई घर पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । “सोमबार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पठाइएकामा मङ्गलबार कोरोना नभएको रिपोर्ट आएपछि क्वारेन्टिनबाट बिदाइ गरिएको छ”, उहाँले भन्नुभयो, “उनीहरुलाई घरमा समेत सावधानी अपनाउन भनिएको छ ।”

जिल्लास्तरीय एकीकृत क्वारेन्टिन निर्माण यहाँका आठवटै स्थानीय तहले गरेको प्राविधिक शिक्षालयमा १०० जनालाई राखिएको प्रशासनले जनाएको छ । पालिकाको एकीकृत क्वारेन्टिनमा शुरुमा निर्माण गरेको ४३६ श्ययाको क्वारेन्टिनलाई थप गरी एक हजार श्ययाको निर्माण गरिने जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यहाँका आठवटै स्थानीय तहले निर्माण गरेको कर्णाली प्रविधिक शिक्षालयमा जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा भारतबाट दैनिक सयौँको सङ्ख्यामा जिल्ला भित्रिनेक्रम बढेकाले क्वारेन्टिन अहिले भरिभराउ छ । प्राविधिक शिक्षालयको क्वारेन्टिनमा १५६ र दुर्गा माध्यामिक विद्यालय लाम्राको क्वारेन्टिनमा २८ बसिरहेका छन् । दैनिकरूपमा जिल्ला भित्रिनेको सङ्ख्या बढिरहेकाले क्वारेन्टिन व्यवस्थापनमा चुनौती थपिएको छ ।

चाँडै स्थानीय तह र सरोकारवाला निकायको सहकार्यमा व्यवस्थापन गर्न आवश्यक देखिएको जिल्ला प्रहरी प्रमुख कार्यालय जुम्लाका प्रमुख लालबहादुर धामीले बताउनुभयो । अहिले आउनेमा यहाँको क्षेत्र नं (ख) का नागरिक क्वारेन्टिनमा बढी छन् । अब आउने व्यक्तिका लागि कहाँ राख्ने भन्ने चिन्ता छ । अब सदरमुकाम वा नजिकै चाँडै क्वारेन्टिनको सङ्ख्या व्यवस्थापन गर्नुपर्नेछ । यदि अब बाहिरबाट आउने मानिसको व्यवस्थापन नभइ घर जानुपर्ने बाध्यता भयो भने हालसम्म गरेका सबै उपलब्धि पनि फेरि गुम्ने डर हुनसक्के प्रमुख धामीले बताउनुभयो । हाल जिल्लाको पाँच स्थानमा एकीकृत क्वारेन्टिन निर्माण गरिएको छ ।

कर्णाली प्राविधिक शिक्षालय, जुम्ला बहुमुखी क्याम्पस, निर्माण व्यवसायीको भवन, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारीमा एकीकृत क्वारेन्टिन निर्माण गरिएको हो । भारतबाट भित्रिनको सङ्ख्या बढिरहेको बेला उच्च सावधानी अपनाउन स्थानीयवासीले सरोकारवाला निकायलाई आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एक हप्ताअघिसम्म आएका सबैको पिसीआर परीक्षण गरिसकिएको छ । सबैको रिर्पोट नेगेटिभ आइसकेको छ । कामका सिलसिलामा भारत गएकाहरु फर्किन थालेपछि जिल्लावासी त्रासित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।