0 COMMENTS

प्रस्ताेता प्रतिभा भट्टराइ/  वैदिक सनातन हिन्दु धर्म ले सबै भगवान का महत्व गान गरेको भए पनि प्रथम पूजनीय भएका कारण गणेश भगवानको महिमा अत्यधिक बताएको छ। भाद्र शुक्ल चौथी गणेश भगवानको जन्म दिन भएका कारण गणेश चौथी को नामले विशेष हुने गरे पनि साताका विभिन्न वारहरु मध्ये मंगलबार र तिथीहरु मध्ये चौथी तिथि गणेश भगवानका प्रीय तिथी हुन भने यी दुवै वार र तिथि एकै दिन पर्न जाँदा पनि मंगल चौथी को नामले विशेष मानिने हुनाले यस्को महत्व अझै बढ्न जाने गर्दछ। विघ्न बिनाशक वा विघ्न हर्ता र संकट निवारक मानिएका उनलाई हरेक काममा विना झन्झट सफलता वा पूर्णता प्राप्त गर्नका लागि पहिलो स्थानमा राखी पुजिने गरिन्छ।

प्रत्येक दिन पूजा आराधना गरिने देव भएपनि मंगल चौथी परेका दिन भने ११,२१,१०८ र १००० नाम को पाठ र पूजा मा गणेश भगवानको प्रिय वस्तु मानिने दुबो, समिको पात, लड्डु, सिन्दुर र धानको लावा पनि अर्पण गरिनु को साथै सबै किसिमका पूजा सामग्री, फलफूल, मिठाई रातो बस्त्र, दुबोको माला सहित रिद्धि सिद्धि नामका दुई पत्नी साथमा रहने मान्यता अनुसार श्रृंगार का सामाग्री हरु पनि अर्पण गरी विशेष पूजा गर्ने चलन छ। त्यस्तै २१ सुते बत्ती २१ नै जोर बाल्नु राम्रो मानिए पनि श्रद्धा र भक्ति का साथ जुनसुकै र जति परिमाणमा पनि दीप जगाएर आरती गर्न सकिन्छ।

यसदिन गणेश भगवानको पूजा आराधना घाम उदाउनु पूर्व नै स्नान गरी मन्दिर गएर गर्नु उत्तम मानिए पनि घरकै मूर्ति वा फोटो,सुपारी तथा अमला लाई पनि गणेश मानेर पूजा गर्न सकिन्छ भने कुनै सेतो दर्शन ढुङ्गा लाई भगवान मानेर पुजिरहँदा, आफसेआफ उक्त ढुङ्गामा गणेश भगवानको आकृति देखिने कुरा पनि भगवानमा आस्था राख्ने व्यक्तिहरू बताउँछन्।
त्यस्तै सकाम तथा निष्काम भावले गणेश भगवानको भक्ति गर्ने हरु मध्ये कोही केही आस नगरी ब्रत पूजा आराधना र साधना गर्छन भने कोही चाहिँ आफ्ना चाहनाहरू भगवान समक्ष राख्ने पनि गर्दछन भने आफ्ना कामना हरु गणेश भगवान सँग भन्दा पनि उनको वाहन मानिएको मुसा सँग माग्दा छिट्टै प्राप्त हुने विश्वास पनि गर्दछन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।