0 COMMENTS

काठमान्डाैं१२जेठ०७७ / नेपालसँग देखिएको सीमा विवादको रिस भारतले विभिन्‍न बहानामा फेर्न थालेको छ। पाम तेल आयातमा रोक लगाएको भारतले नेपालमै उत्पादित चिया निर्यातमा पनि अवरोध गर्न थालेको छ।

भारतले चियासँगै अन्य कृषिउपजमा निर्यातमा अवरोध गरेर सिमा विवादको रिस फेर्न थालेको हो। तेस्रो देशबाट ल्याएर भारत पठाइने गरेको पाम रोकेपछि द्विपक्षीय सम्झौता लत्याउँदै नेपालमा उत्पादित चियामा रोक लगाएको हो। भारतले अतिक्रमण गरिरहेको कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका भूमि समेट्दै नेपालले देशको नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालमा अवरोध गर्न थालेको हो।

दुई देशबीच लकडाउनमा अत्यावश्यक सामग्री र कृषिजन्य वस्तुको आयात-निर्यातमा रोकावट नहुने समझदारी भएको छ। तर भारतले नेपालमा उत्पादिन चिया निकासीमा रोक लगाए हो। यसका कारण नेपालका चिया किसान र उद्योगीको तनाव बढेको छ। यो बेला चियाको सबैभन्दा राम्रो सिजन हो। राम्रो मूल्य पनि पाइने सिजनमै चियामा अवरोध गरेपछि कृषक र उद्योगीमा तनाव बढेको हो।

भारतले अवरोध गरेपछि कूटनीतिक पहलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ। मन्त्रालयका उपसचिव श्रीधर गौतमले परराष्ट्रलाई पत्र लेखेर अवरोध खुलाउने पहल गरिदिन आग्रह गरेका छन्। थाहाखबरबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।