0 COMMENTS

बैतडी, १० जेठ ०७७/बैतडीमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या थपिने भएका छन् । भारतमा रहेका यहाँका नागरिक फर्कन इच्छुक रहेकाले मापदण्ड पूरा गरी स्थानीय तहमा आइसोलेसन र क्वारेन्टिनको सङ्ख्या बढाउने निर्णय भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । भारत तथा सीमापारीका नेपालीको पालिकास्तरीय तथ्याङ्क सङ्कलनसमेत गरिने भएको छ ।

जिल्लामा हाल एक हजार ९०५ श्यया (बेड)का क्वारेन्टिन र ३२ आइसोलेसनकक्ष छन् । एक स्थानीय तहमा कम्तीमा पाँच श्ययाको आइसोलेशन र जिल्लाभरी कम्तीमा क्वारेन्टिन तीन हजार श्ययाको पु¥याइने निर्णय भएको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सङ्घीय सरकारले खटाएका तीन चिकित्सकको समयावधि सकिएर फर्किसकेकाले कोरोनाको बढ्दो अवस्थालाई मध्यनजर गरी सम्बन्धित निकायलाई पुनः खटाउन अनुरोध गर्नेसमेत निर्णय भएको उहाँले बताउनुभयो ।

बैतडीका क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी र समाचार सङ्कलनका लागि गएका पत्रकारको आरडिटी गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहजीरकण गर्दै शव परीक्षण गर्नुपर्ने वा कोरोना प्रभावित बिरामीको ओसारपसारमा सहजता प्रदान गर्न वा कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्न आवश्यक सवारी साधन परिचालन र व्यवस्थापनको जिम्मा जिल्ला समन्वय समितिलाई दिने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।