0 COMMENTS

बनेपा०९जेष्ठ०७७/ कोरोना भाइरस सङ्क्रमण फैलिदै गएको अवस्थामा रोमथाम र नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा समेत रोक लगाएको अवस्थामा हिँडेरै साँगामा आइपुगेका भक्तपुरका इँटाभट्टामा काम गर्ने भारतीय मजुदरलाई प्रहरीले फर्काएको छ ।

काभ्रेपलाञ्चोक र भक्तपुरको सीमानाका साँगाबाट आज बिहान ४ बजे लुकीछिपी हिँडेर आइपुगेका १४५ भारतीय मजदुरलाई सीमानाकामा सुरक्षार्थ खटिएका प्रहरीले भक्तपुरतर्फ फर्काएको हो । भारतको विहारबाट आएर भक्तपुरको कुमारी इँटा उद्योग र चाँगुनारायण इँटा उद्योगमा काम गर्दै आएका मजदुर बन्दाबन्दीका कारण समस्यामा परेको भन्दै हिँडेरै जान लागेको अवस्थामा बिहान ४ बजेको समयमा नियन्त्रणमा लिएको सीमानाकामा सुरक्षार्थ खटिनुभएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (सइ) हरिशरण बस्नेतले बताउनुभयो ।

उहाँका अनुसार बिपी राजमार्ग हुँदै हिँडेर जाने भन्दै साँगा आइपुगेपछि त्यहीबाट प्रहरीले नियन्त्रणमा लिएर इँटा भट्टा सञ्चालकसँग सम्पर्क गरी त्यहीबाट गाडी मगाएर सोही ठाउँमा फर्काएको हो । बन्दाबन्दीका कारण काम नभएर बसिरहनुपरेको र साहुले एक व्यक्ति बराबर हप्ताको रु ६०० प्रदान गरेको रकमले छाक टार्न समस्या भएको र घरबाट पनि फोन आइरहेका कारण हिँडेरै जान भनेर निस्केको उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।