0 COMMENTS

काठमाडौं०८जेठ०७७ – काठमाडौंको कागेशवरी मनोहरा नगरपालिका – ४ मूलपानीमा रहेको एउटा गाई फार्ममा आगलागी हुदा ५ वटा गाई जलेर मरेका छन् ।

खड्क ढकालले मूलपानीमा सञ्चालन गरेको गाई फार्ममा गएराति आगलागी हुँदा दुई लाख रूपैयाँ पैसा, पाँच वटा गाई र गाईलाई खुवाउने दाना जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट १४ लाख १८ हजार ५ सय रूपैयाँ बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।