0 COMMENTS

काठमाडौं ११बैशाख०७७/कोरोना भाइरस (कोभिड -१९)को संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले आहृवान गरेको लकडाउनका कारण समस्यामा परेका ५० परिवारलाई राजधानीमा खाद्यान्न वितरण गरिएको छ ।

काठमाडौंको गङ्गबु, टोखा बुढानिलकण्ठ, भङ्गाल, कपन, महाराजगन्ज, चाबाहिलमा बसोबास गर्दै आईरहेका उदयपुरका बिद्यार्थी र मजदुरहरुका ५० परिवारलाई खाद्यान्न वितरण गरिएको हो । विहिबार अनेरास्ववियुका विद्यार्थी नेता शैलेस लामाको अगुवाईमा उनीहरुको बासस्थान मै पुगेर चामल, पिठो, दाल र नुन बितरण गरिएको हो ।कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेपछि प्रभावित बनेकालाई उदयपुरकै ब्यबसायी एवंम समाजसेवी लक्ष्मी (घिसिङ) तामाङले उक्त खाद्यान्न उपलब्ध गराएकी हुन् । उनले यसअघि पनि अन्य धेरै समस्यामा परेकाहरुलाई सहयोग गर्दै आईरहेकी छिन् ।

शैलेस लामाले राजधानीमा बस्दै आईरहेका लकडाउनका कारण समस्यामा परेका उदयपुरका मजदुर तथा विद्यार्थीहरुलाई भोली पनि खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।उनले भने — ‘तपाईहरु काठमाडौंमा बस्दै आईरहनु भएका उदयपुरे विद्यार्थी मजदुर यदि खाद्यान्नको समस्यामा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला ।’ – हामी तपाईहरुकै बासस्थानसम्म ल्याईदिनेछौँ ।

नेता लामाले खानमा समस्या भए निर्धक्कभइ सम्पर्क राख्न आग्रहसमेत गरेका छन् । उनीसँगै उदयपुर-काठमाडौ सम्पर्क मञ्चका नेता सरोज थापा, रिता थापा लगायतका टोलि वितणमा हिडिरहेका छन् । नेता लामाले विशेष गरी यस्तो दुःखद समयमा खाद्यान्न र बासस्थानमै पुर्याउन गाडीसमेत उपलब्ध गराईदिने ब्यवसायी एवंम समाजसेवी लक्ष्मी (घिसिङ) तामाङलाई आभार ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।