0 COMMENTS

काठमाण्डाै०५बैशाख०७७/  नेपालमा  अाज  शुक्रवार १३ जना पुरुष र १ महिलामागरी थप १४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो अध्यावधिक विवरणसँगै नेपालमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको व्यक्तिको सङ्ख्या ३० पुगेको छ।स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस सङ्क्रमण सम्बन्धि सूचना सम्प्रेषण गर्न सन्चालन गरेको भाइबर ग्रुपमा राखिएको सन्देशमा भनिएको छ: “हालको अध्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टि भएको संख्या ३० जस मध्ये आज मात्रै १४ जनामा नयाँ पुष्टी भएको छ।”

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले  बताए अनुसार नयाँ पुष्टि भएकामा १४ जना सङ्क्रमित उदयपुर जिल्लामा भेटिएका १२ जना पुरुष छन् भने चितवन जिल्लामा एक पुरुष र एक महिला गरी दुईजना रहेका छन्।

उदयपुरमा भेटिएका १२ जना सङ्क्रमितहरू सबै नै भारतीय नागरिकहरू रहेका प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालयका प्रवक्ता दिव्यराज कट्टेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।