0 COMMENTS

काठमाण्डाै०२बैशाख०७७/  काठमाडौँको तारकेश्वर नगरपालिका­११ नेपालटारमा ट्याङ्करको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सडकमा बा २ ख ५१७७ नम्बरको ट्याङ्करले ठक्कर दिँदा काभ्रे चौंरीदेउराली गाउँपालिका–३ का ५५ वर्षीय विष्णुप्रसाद चौलागाईको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उहाँलाई साइकलमा यात्रा गरिरहेको बेला ट्याङ्करले ठक्कर दिएको थियो ।

आज बिहान गाडीको ठक्करबाट गम्भीर घाइते भएका चौलागाईको ग्रिनसिटी अस्पताल सामाखुशीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच कागेश्वरी–मनहरा नगरपालिका–८ बस्ने सिन्धुलीकी अस्मिता तोलाङ्गी आज बिहान मृतावस्थामा भेटिएकी छिन् । सोमबार राति खाना खाएर सुतेकी उनी बिहान मृत फेलापरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।