0 COMMENTS

काठमाडौँ१५चैत्र०७६/ नेपालमा लकडाउनको अवधि बढाउन सरकारले तयारी थालेको छ । एक साताका लागि लगाइएको लकडाउन क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म यथावत राखिने गृह मन्त्रालयले संकेत गरेको छ ।

मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई क्वारेन्टाइनमा बसेकाको पूर्ण रिपोर्ट नआइन्जेलसम्म लकडाउनलाई निरन्तरता दिन निर्देशन दिएको हो । कोरोना भाइरस (कोभिड १९) रोग रोकथाम तथा नियन्त्रणसम्वन्धी उच्चस्तरीय समन्वय समितिले अहिलेकै अवस्थामा लकडाउन खुल्ला गर्ने अवस्था नरहेको जनाएको छ ।

समितिले उद्योगी र व्यवसायीलाई सुरक्षा तथा दैनिक उपभोग्य वस्तुको सहज व्यवस्थापनका लागि जानकारी गराइसकेको जनाएको छ । कोरोनाको संक्रमण जोखिमलाई ध्यानमा राखेर सरकारले चैत ११ गतेदेखि १८ गते बिहानसम्म लकडाउन घोषणा गरेको थियो । नेपालले लकडाउन गरेको भोलिपल्टै भारतले कोरोना संक्रमण फैलन नदिन २१ दिनका लागि लकडाउन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।