0 COMMENTS

काठमाडाैं १५चैत्र०७६/ स्वास्थ्य मन्त्रालयले फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित युवतीकाे उपचार भइरहेकाे जनाएकाे छ । उनकाे परिवारको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । परिवारका सदस्यहरूको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको टेकु अस्पतालले जनाएको छ ।

संक्रमित युवतीको भने अस्पतालको आइसोलेसनमै उपचार भइरहेको छ । उनको पनि दोस्रो परीक्षण गरेर नतिजा नेगेटिभ आएपछि मात्र डिस्चार्ज गर्ने अस्पतालको तयारी छ ।

गत चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी उनलाई कोरोना संक्रमण देखिएको थियो। संक्रमण देखिएपछि उनलाई टेकु अस्पतालको आइसोलेसनमा राखियो भने परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा बस्न भनिएको थियो। अस्पतालले यसअघि परिवारको परीक्षण गरिने भनेको थिएन।

युवती नेपाल आएदेखि नै सेल्फ क्वारेन्टाइनमा बसेकी थिइन्। विज्ञहरूले पनि पहिलो जोखिम परिवार रहेको भन्दै अरूमा सर्ने कम सम्भावना रहेको औंलाएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।