0 COMMENTS

वि.सं.२०७६ साल माघ १७ गते । शुक्रबार । ईश्वी सन् २०२० जनवरी ३१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– षष्ठी,१५ घडी १३ पला,मध्यान्ह १२ बजेर ५९ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–रेवती,२२ घडी २४ पला,दिउसो ०३ बजेर ५१ मिनेट उप्रान्त अश्विनी । योग– साध्य,५२ घडी ४८ पला,रातको ०४ बजेर ०१ मिनेट उप्रान्त शुभ । करण– तैतिल,मध्यान्ह १२ बजेर ५९ मिनेट उप्रान्त गर,रातको ०१ बजेर ५७ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–मीन,दिउसो ०३ बजेर ५१ मिनेट उप्रान्त मेष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४१ मिनेट । दिनमान २७ घडी ०० पला । पञ्चक समाप्ती । स्कन्द षष्ठी। सर्वार्थसिद्धि योग अहोरात्र।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लामो दुरिको विदेश यात्राको तय हुनेछ भने विदेशबाट सञ्चालित सस्था, एनजिओ तथा आइएनजिओमा काम पाउने प्रवल सम्भावना रहेकोछ । विदेशमा बसेर पेशा व्यवसाय गर्ने तथा अध्ययन गर्नेहरुका लागि दिन फलदायि रहनेछ । खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । साझपख अग्रज आफन्त तथा साथीभाइका साथ रमाइलो गर्दै दिनलाई कटाउन सकिनेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसाय फस्टाएर जानेछ भने धन आगमनको गतिलो योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित कारोबारहरु बढेर जानेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । साझपख समय मध्ययम रहेकोले स्वास्थ्यको ख्याल गर्नुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राज्य भावमा गोचर गर्ने चन्द्रमाले व्यापार फस्टाएर जानेछ भने समाजसेवा तथा कल्याणकारी काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । रोजगारीको शिलशिलामा नयाँ गन्तब्य पहिल्याउन सकिनेछ । नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन अध्यापनमा चाहेजस्तो प्रगति गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नोकरीमा पदोन्नती हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानि हुने ग्रहयोग रहेकोछ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवन साथीको पनि सहयोग पाइने हुदा मन प्रशन्न रहनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पढ्ने लेख्ने काममा सुधार हुनेछ । बन्द व्यापार फस्टाएर जाने योग रहेकोछ । स्वास्थ्य सबल हुनाले राम्रा काम गर्न सकिनेछ । पुराना बाकी रहेका कामहरु सकाउन सकिनेछ । आफन्त दिदी बहिनीको सहयोग पाइनेछ । भौतिक सम्पतिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । साझपख धार्मिक संघ सस्था तथा शैक्षिक प्रतिष्ठान तिरको यात्रामा निस्कन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) विपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ भने विलाशी बस्तुको प्रयोग मार्फत अरुको ध्यान केन्द्रित गर्न सकिनेछ । बौद्धिकता तथा विवेकको प्रयोग मार्फत काम गरि मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेम प्रशंगमा खुलेर रमाउन सकिनेछ भने दाम्पत्य जीवन सुदृढ हुनेछ । साझेदारी व्यवसायबाट मनग्गे धन लाभ हुने तथा पारिवारिक भेटघाटमा मिठो मसिलो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीतिक काममा सफलता मिल्नेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । सामाजिक काममा रुची बढ्नेछ । घरायसी काममा रुची बढ्नेछ । ब्यापार ब्यवसायबाट धेरै फाइदा मिल्नेछ । पारिवारिक सम्बन्धमा खटपट आउनेछ । न्यायिक काममा उल्झन आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) उपहार तथा चिठ्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेकोछ भने भौतिक सम्पतिहरु लाभ हुनेछन् । शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानि बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । घर परिवारमा नयाँ मानिसको आगमान हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुनेहुँदा दैनिक कामहरु सहज रुपमा हुनेछन् भने महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मियत झल्कनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । काम तथा अध्ययनको सवालमा आमा तथा आफन्तबाट छुट्टिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ । घर जग्गा तथा सवारी साधनको खरिद बिक्रिबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । माया प्रेममा आजको दिन नजिक भएर आफ्ना भावना साटासाट गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बौद्धिकस्तर उच्चतहको रहनाले भाग्यशक्ति बलियो बन्नेछ । अध्ययन अध्यापनले क्षेत्र सफल हुनेछ । धार्मिक जगतमा ख्याति पाइने योग रहेकोछ । पापीय मनोवृत्ति निष्कृय हुनेछ । दुर्घटना लगायत दैवी विपत्तिमा न्यूनिकरण आउला । नोकरीमा ख्याती बढ्ने कार्यले प्रशंसित बनाउला । राजनैतिक गतिविधीबाट समाजमा प्रभावशाली व्यक्तित्वको परिचय बन्ने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बिचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाइको बोलिको सबैले कदर गर्नेछन् । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा कुटुम्बसँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पतिको प्रयोग गरि आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ । गीत संगीतमा लाग्नेहरुका लागि समयले साथ दिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पुराना कामबाट लाभ लिने समय रहेकोछ भने नया काम शुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सहि सदुपयोग गरि रचानात्मक काम गरि समाजमा नाम कमाउन सकिनेछ । साथीभाइकाे सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडिहरुका लागि समयले साथ दिनेछ भने नया नया प्रेम प्रस्ताब आउनेछ । विद्यार्थीहरुले पढाइमा राम्रो प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुशी राख्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।