0 COMMENTS

वि.सं.२०७६ साल माघ १५ गते । बुधबार । ईश्वी सन् २०२० जनवरी २९ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– चतुथी, ०४ घडी २८ पला,बिहान ०८ बजेर ४२ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र– पूर्वाभाद्रपदा,०९ घडी २८ पला,बिहान १० बजेर ४२ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग– शिब,५० घडी ३१ पला,रातको ०२ बजेर ०७ मिनेट उप्रान्त सिद्ध । करण– भद्रा,बिहान ०८ बजेर ४२ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर ४७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–पद्य योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय ०६ बजेर ५२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ४० मिनेट । दिनमान २६ घडी ५४ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ । नयाँ ठाउँबाट लगानीको प्रस्ताव आएपनि केहि समय कुर्नु नै पर्नेछ । इच्छा आंकाक्षाहरु पुरा गर्नको लागि बढि नै समय खर्चनु पर्ने हुन सक्छ । दाजुभाइसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । सामान्य स्यास्थ्यमा समस्या आई रुपैयाँ पैसा खर्च हुनेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ भने आत्मिय मित्र तथा आफन्तसँग घरायसि कुरामा राज बाजिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यवसायलाई समय सापेक्ष परिमार्जन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । माता पिताको धन तथा सम्पति प्रयोग गरि मनग्गे आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरू किनारा लगाउँदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रशासनिक क्षेत्रमा तपाईको वर्चश्व रहनेछ भने सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाइ कार्यान्वयनको चरणमा लान सकिनेछ । खोज तथा अनुसन्धानकाे क्षेत्रमा राम्रो प्रगति हुने योग रहेकोछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रवला सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रुपमा सबल हुने ग्रहयोग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउँनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरि वातावरणकाे ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) पारिवारिक यात्रा हुने अधिक सम्भावना रहेकोछ भने यात्राका क्रममा विभिन्न मनमोहक दृष्यहरु मन मुुटुमा कैद गर्न सकिनेछ । पर्यटन व्यवसाय अगाल्नेहरुले मनग्गे धन आर्जन गर्न सक्नेछन् । सबैजना सहभागि हुने व्यापार व्यवसायमा लगानी गरि प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुशी रहनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । अदालतबाट आउने निर्णयहरु तपाईकै पक्षमा आउने हुनाले एक किसिमको उमंग शरिरमा आउनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकोले भनेजस्तोे उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानि गर्न सकिनेछ । काम गर्ने वाताबरण राम्रो बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपाहार तथा विलाशि बस्तु उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आमा,आफन्त तथा सहयोगीबाट भनेजस्तो सपोर्ट पाइने हुँदा मन प्रशन्न रहनेछ । घर जग्गा तथा सवारी साधन जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवन साथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । अध्ययनमा अलि बढि समय दिन सक्दा प्रगति गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरु बन्नेछन् । रोकिएर बसेका कामहरु बन्नुको साथै विस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो कामगरि प्रशिद्धि कमाउन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) परिवार तथा नजिकका मानिसबाट तपाईको काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पढ्ने लेख्ने काममा मन जाने हुनाले सफलता हात लाग्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन तथा प्रतिस्पर्धामा तपाईको नाम एकक कदम अगाडि आउनेछ भने प्रतिस्पर्धिहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेविहरुले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समय अनुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक अवस्था सुदृड रहनेछ । प्रेममा विश्वासको बाताबरण सिर्जना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।