0 COMMENTS

प्रतिभा भट्टराइ, वर्षमा धेरै पटक दोहोरिने र अधिक महत्व बोकेको एकादशी तिथि अनि माघ महिना साथै कृष्ण पक्ष मा पर्ने एकादशी लाई षट्तिला एकादशीको नामले जानिन्छ। षट्तिला अर्थात् तिलको छ तरिकाले प्रयोग गर्नु भन्ने अर्थमा, बिहान स्नान गर्दा देखि नै एकादशीको नाम उच्चारण गर्दै तिलको स्नान, तिलको तेलको मालिस,तिल द्वारा तर्पण, हवन, दान सहित तिलको सेवन गर्ने शास्त्रीय मान्यता रहेको छ। भगवान को पसिना बाट उत्पत्ति भएको मानिने तिल र त्यसमा पनि पूजा आराधना को समयमा अत्यन्तै महत्व रहेको कालो तिल को प्रयोग ठूला ठूला यज्ञ हरुमा गरिनुले पनि यो कुराको पुष्टि हुन जान्छ।

आजको दिन जति मात्रामा तिलको दान गरिन्छ त्यतिनै हजार वर्ष सम्म स्वर्गमा बास पाइन्छ भन्ने मान्यता रहेको छ। शास्त्र र मान्यतामा विश्वास गर्नु नगर्नु आआफ्ना विचार भए पनि यी सबै त्यसै बनेका भने होइनन्।

यसरी विशेष तिथीहरुमा गरिने सत् कर्म हरुको फल अत्यधिक भए सँगै व्रतालु हरुले त आजको दिनमा अखण्ड दीप प्रज्ज्वलन सहित व्रतको नियम ,भजन कीर्तन साथै कथा श्रवण र पूजा विधि अपनाउने गर्दछन नै तर व्रत नबस्ने वा नसक्ने हरुले पनि आजको दिनमा एकादशीको नाम उच्चारण गर्दै स्नान गर्ने, पूजाको समयमा अन्य दिनहरूमा भन्दा बढी तिलको प्रयोग गर्ने, तिलको सेवन गर्ने र मांसाहार त्याग गरी भगवानको नाम जप्ने गरे अप्रत्यक्ष लाभ आफैलाई मिल्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।