0 COMMENTS

काठमाण्डाै२०७६माघ २/गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले “बृहत् एकीकरण मार्ग कार्यक्रम-२०७६” को जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रम बीच समुद्‍घाटन गर्नु भएको छ ।
उद्‍घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रधानसेनापति महारथी थापाले राष्ट्रिय एकताको संरक्षण र सम्बर्धन गर्ने संवैधानिक जिम्मेवारी समेत प्राप्त गरेको नेपाली सेनाले शुरुमा ऐतिहासिक गढी, किल्ला तथा एकिकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ शुरु भएको कार्यक्रमलाई थप व्यवस्थित बनाउन” इतिहास संरक्षण एवं सम्बर्द्धन कार्यमा नेपाली सेनाको सहभागिता सम्बन्धी निर्देशिका-२०७६” को समेत लागू गरी कार्य सम्पादन शुरु गरिएको बताउनु भयो ।

सम्बोधन कै क्रममा उहाँले एकीकरण मार्ग कार्यक्रम अन्तर्गत इतिहास र संस्कृतिको सम्बर्धन र प्रवर्धन गर्ने कार्यक्रमहरु तर्जुमा गर्ने कार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारहरु, विभिन्न मन्त्रालयहरु, पुरातत्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्हरुबाट संस्थागत वा व्यक्तिगत तवरबाट प्राप्त भएको सहयोग र साथ आफैमा अभिप्रेरक भएको कुरा समेत बताउनु भएको थियो । तीन दिनसम्म संचालन हुने उक्त सेमिनारको मिति  २०७६/१०/५  गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट समापन हुने कार्यक्रम रहेको छ ।
कार्यक्रममा नेपाल सरकारका सचिवहरु, प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरु, विभिन्न मन्त्रालय तथा विभागहरुका महानिर्देशकहरु तथा निर्देशकहरु, इतिहासविद्, संस्कृतिविद्, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, सञ्चारकर्मी र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

यस प्रकारको सेमिनारबाट प्राप्त हुने प्रतिक्रियाहरु, सृजनात्मक सोच र अवधारणाहरुले एकिकरण मार्ग कार्यक्रम सम्बन्धी दीर्घकालीन र एकीकृत योजना बनाउन सहयोग पुग्नुका साथै राष्ट्रिय एकताको सम्बर्धन र प्रवर्धनमा थप टेवा पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।