0 COMMENTS

 धादिङ पुष ५ गते । श्री शंखादेवी मा. बि. निलकण्ठ ११ मा अाज एक भव्य कार्यक्रम गरियाे । बिध्यालयले अायाेजना गरेकाे कार्यक्रममा बिध्यालय व्यवस्थापन समितिकाे अध्यक्ष राम बहादुर श्रेष्ठ काे सभापतित्वमा सुसम्पन्न भएकाे थियाे । साे कार्यक्रममा त्यस बिध्यालयकाे भूपू बिध्यार्थी शंकर धमलाले थाईलेण्डमा मुया थाई किक बक्सिङ प्रतियोगिता मा स्वर्ण पदक जितेको खुसियालीमा धमलालाई प्रशंसापत्र र दाेसल्ला अाेडाएर सम्मान गरिएकाे थियाे । धमलाकाे अन्तर्राष्ट्रिय प्रतियोगिता मा याे दाेश्राे जीत हाे । 

बिध्यालय र भूपू बिध्यार्थी समाजले भिन्न- भिन्नै रूपमा धमलालाइ सम्मान गरेकाे हाे । सम्मान कार्यक्रममा बिशेष अतिथीकाे रूपमा भूपु बिध्यार्थी समाजकाे अध्यक्ष राम चन्द्र धमला र महासचिव नवराज लम्सालकाे उपस्थिति रहेकाे थियाे । भूपू बिध्यार्थीहरूकाे तर्फबाट बाेल्दै नवराज लम्सालले स्वर्ण पदक बिजेता शंकर धमलालाई बधाईदिनु हुदै अागामी दिनमा अझ बढी पदक दिलाउन लाग्नु पर्ने बताउनु भयाे । कार्यक्रममा नवराज लम्सालले याे श्री शंखादेवी मावि ले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरकाे थुप्रै क्षेत्र मा चर्चित व्यक्तित्व जन्माएकाे बताउनु भयाे । उहाँले उदाहरण दिदैं डा. नवराज लम्साल, डा. ऋषिराज लम्साल, वरिष्ठ पत्रकार ऋषि धमला, पूर्व मन्त्री कल्पना धमला, पर्यटन टाईकुन बिएन ढकाल, शम्भु धमला, दिपक धमला, डा. हाेम बहादुर रिजाल, बिके लम्साल, युवा व्यवसायी शंकर श्रेष्ठ, बद्री खनाल, समाजसेवी भुवन गुरूङ, ईन्जिनियर कुमार धमला, महासेनानी टिका धमला जस्ता हजारौं चर्चित व्यक्तित्व जन्माउन सफल भएकाे जनाउनु भएकाे थियाे । साथै उहाँले भूपू बिध्यार्थी तथा सहकर्मी राजन धमलाकाे सडक दुर्घटनामा निधन भएकाेले उहाँको सम्झनामा भूपू बिध्यार्थीहरू बाट बिध्यालय पुस्तकालयलाई २१० थान पुस्तक हस्तान्तरण गर्न अाएकाे र याे ज्ञानकाे गंगालाई अधिकतम उपयाेग गर्न बिध्यार्थीलाई अाग्रह गर्नु भएकाे थियाे ।

साथै भूपू बिध्यार्थीकाे पहल कदमिमा राजन धमलालाई चिरस्थायी बनाउन सचिन धमला लगायतकाे सहयाेगमा छिट्टै १ लाख रूपियाकाे अक्षयकोष निर्माण गरिने र त्यसकाे व्याजबाट २ जना गरिव जेहेन्दार बिध्यार्थीलाई पढ्न सहयाेग गर्ने र निकट भविष्यमा नै त्याे रकम बिध्यालयलाई हस्तान्तरण गर्ने बताउनु भएकाे थियाे । महासचिव लम्साल ले हाम्रो अत्यन्त मित्र थान बहादुर गुरूङकाे ३/४ बर्ष बैदेसिक राेजगारीकाे सिलसिलामा बिदेशमा देहावसान भएकाेले उहाँको लागि पनि भूपू बिध्यार्थी समाजले केहि गर्ने याेजना बनाएकाे बताउनु भएकाे थियाे । साथै बिध्यालयकाे शैक्षिक गुणस्तर सुधार्न भूपू बिध्यार्थीलाइ अव देश- देशान्तर सम्म एकिकरण गर्ने अभियान चलाउने बताउनु भएकाे थियाे । साे कार्यक्रममा बिध्यालयमा खेलकुदमा जित्ने टिमलाई पदकबाट सम्मानित पनि गरिएकाे थियाे ।

कार्यक्रम मा बिध्यालयकाे पूर्व प्रअले स्वागत भाषण गर्नुभएकाे थियाे । बिध्यालयकाे वर्तमान अवस्था काे बारेमा प्रअ नित्यानन्द सुवेदीले प्रकास पार्नु भएकाे थियाे । कार्यक्रम मा पूर्व प्रअ भुमिनन्द धमला, शिक्षकहरू फडिन्द्र धमला, चन्द्र बहादुर लम्साल, समाजसेवी ईश्वरी बहादुर लम्साल, भूपू बिध्यार्थी समाजकाे सदस्यहरू ज्ञान बहादुर श्रेष्ठ, बिष्णु घिaमिरे, रमेश श्रेष्ठ सल्ले लगायत सयाैं अभिभावक र बिध्यार्थीहरूकाे सहभागिता थियाे । कार्यक्रम भव्य र सभ्य भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।